काठमाण्डौ । एक्सेल डेभलपेन्ट बैंक लिमिटेडले तीन कम्पनीमा रहेको आफ्नो स्वामित्वको संस्थापम समूहको सेयर लिलामीमा राख्ने भएको छ।

बैंकले आरएमडीसी लघुवित्त, ग्रामी विकास लघुवित्त र युनाइटेड इन्स्योरेन्स कम्पनीमा रहेको आफ्नो स्वामित्वको कुल १ लाख ४५ हजार ३१९ कित्ता सेयर यही पुस १९ गतेबाट लिलामीमा राख्ने भएको छ। जसमा आरएमडीसीको २२ हजार २७० कित्ता, ग्रामी विकास लघुवित्तको २६ हजार ३०० कित्ता र ९६ हजार ६४९ कित्ता रहेका छन्।

लिलामीमा राखिने सेयरमा योग्य लगानीकर्ता जोसुकैले बोलपत्र पेस गर्न सकिनेछ। सेयर खरिदका लागि न्यूनतम १ हजार कित्ता र वा सोभन्दा माथि १० ले भाग जाने गरी अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन पेस गर्न सकिनेछ। 

लिलामीमा राखिने सेयरमध्ये प्रतिकित्ता आरएमडीसीको ४८५ रुपैयाँ, ग्रामीण विकास लघुवित्तको २६९ रुपैयाँ र युनाइटेड इन्स्योरेन्सको २४१ रुपैयाँ न्यूनतम मूल्य तोकिएको छ। बोलपत्र पेस गर्दा न्यूनतम मूल्या वा सोभन्दा बढी बोलकबोल गरी आवेदन पेस गर्नुपर्नेछ। साथै कुनै एक व्यक्ति वा संस्थाले एक कम्पनीका लागि एउटामात्र आवेदन फाराम पेस गर्नुपर्नेछ। 

धितोपत्र बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताले काठमाण्डौको कमलादीस्थित प्रभु क्यापिटलको कार्यालय वा एक्सेल डेभलपमेन्ट बैंकको झापाको बिर्तामोडस्थित केन्द्रीय कार्यालयमा बोलपत्र पेस गर्न सक्नेछन्।

बोलपत्र पेस गर्ने अन्तिम मिति आउँदो माघ ४ गते बैंकिङ समयसम्म तोकिएको छ।