काठमाण्डौ । प्रविधिको विकाससँगै पछिल्लो समय बैंक तथा वित्त संस्थाका ग्राहकको पनि डिजिटल बैंकिङ अर्थात अनलाइन काराबारमा तीव्र रुचि देखिएको छ।
समयको सदुपयोगसँगै झन्झटरहित कारोबार र बैंकसम्म धाउनु नपर्ने भएपछि ग्राहक डिजिटल बैंकिङतर्फ तीव्र रुपमा आकर्षित भएको नेपाल राष्ट्र बैंकको तथ्यांकले पुष्टि गरेको छ। विशेषगरी कोभिड–१९ पछि डिजिटल बैंकिङले फड्को मारेको देखिन्छ। यसको पहुँच निरन्तर बढिरहेको तथ्यांकहरुबाट देखिन्छ।
कोभिड–१९ अघि न्यून संख्याले मात्रै डिजिटल कारोबार गर्दै आएकोमा त्यसपछि भने तीव्र रुपमा बढोत्तरी देखिएको छ। प्रविधिको यो फड्कोले बैंक तथा वित्तीय संस्थालाई समेत सहज भएको छ।
अनलाइन कारोबार गर्ने ग्राहकको संख्या बढेसँग अहिले मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ। पछिल्लो १ महिनामा मात्रै सवा ३ लाख बढी मोबाइल बैंकिङ प्रयोगकर्ता थपिएको छ। गत वैशाखमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड ७ लाख ६३ हजार ३४६ रहेको थियो। जेठमा यो संख्या बढेर २ करोड १० लाख ९१ हजार ५९ पुगेको छ।
अघिल्लो वर्ष जेठमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या १ करोड ७९ लाख ६१ हजार ६३ रहेको थियो। यो हिसाबले मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या पछिल्लो १ वर्षमा ३१ लाख २९ हजार ९९६ ले बढेको छ।
यसैगरी इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या पनि पछिल्लो १ वर्षमा करिब २ लाखले बढेको छ। गत वर्ष जेठसम्म इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या १६ लाख ३२ हजार ६११ रहेकोमा यो वर्ष जेठसम्म बढेर १८ लाख ३० हजार ४२५ पुगेको छ।
यो वर्ष वैशाखसम्म इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या १८ लाख ३ हजार ६५ थियो। पछिल्लो १ महिनामा मात्र यो संख्या बढेर २७ हजार ३६० ले बढेको छ।
17 minutes ago
35 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
13 hours ago