काठमाण्डौ । तेल उत्पादनको विषयलाई लिएर साउदी अरब र रुसबीच तनाव बढ्न थालेको छ।
ओपेक प्लस राष्ट्रको बैठक आउँदो जुन ४ गते हुन गइरहेको छ। बैठकअघि दुई ठूला तेल उत्पादन राष्ट्रबीच बढ्न थालेको तनावलाई लिएर विश्वमा निकै चासो बढेको छ।
रुसले सहमतिअनुसार तेल उत्पादन कटौती नगरेको भन्दै साउदी अरब बिच्किएको हो। यसले कच्चा तेलको दाम कम्तीमा ८१ डलर प्रतिब्यारल राख्ने साउदी अरबको कोसिसमा झट्का लागेको छ। यो मूल्यमा कच्चा तेलका दाम राख्न सके साउदीको लागत र आम्दानी बराबर हुनेछ। तर योभन्दा मूल्य तल गएमा भने साउदीलाई नोक्सानी हुनेछ।
ओपेक १३ राष्ट्र र प्लस समूह १० राष्ट्र मिलेर ओपेक प्लस बनेको हो। ओपेकमा प्लस राष्ट्रका नेतृत्व रुसले गरिरहेको छ।
वाल स्ट्रिट जर्नलका अनुसार साउदी अरबले यस विषयमा रुसलाई जानकारी गराइसकेको छ। रुसी अधिकारीहरुलाई प्रतिदिन ५ लाख ब्यारल तेल उत्पादन गर्ने आफ्नो वाचा कायमै राख्न साउदी अधिकारीहरुले आग्रह गरेका छन्।
यद्यपि रुसले भने सहमतिअनुसार नै तेल उत्पादन कटौती गरिरहेको दाबी गरेको छ। विश्लेषकहरु भने रुसको भनाइ स्वीकार गर्न तयार छैनन्।
रुसले आफ्नो तेल उत्पादनसँग जोडिएको औपचारिक रिपोर्टिङमा रोक लगाएको छ। त्यसैले ट्यांकर ट्रकिङ डाटाका अनुसार रुसको तेल उत्पादनको अनुमान लगाउने गरिएको छ। यसले अन्तर्राष्ट्रिय बजारमा रुसी तेलको आपूर्ति तीव्रता आइरहेको देखाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।
विशेषगरी एसियाका ठूला बजारमा रुसी तेलको आपूर्ति बढेको छ। जहाँ यसअघि साउदी अरब अन्य मध्यपूर्वी देशहरुको दबदबा थियो।
रुसले सस्तोमा कच्चा तेल भारत र चीनजस्ता ठूला दुई एसियाली राष्ट्रमा आपूर्ति गरिरहेको छ। यो वर्ष साउदी अरबलाई पछि पार्दै चीनमा तेलको ठूलो आपूर्तिकर्ता रुस बनेको छ। उता भारतमा पनि रुसले कच्चा तेलको आपूर्ति साउदी अरब र इराक दुवैको मिलाएरभन्दा बढी गरिरहेको छ। –एजेन्सी
1 hour ago
3 hours ago
3 hours ago
3 hours ago
3 hours ago
3 hours ago
4 hours ago
4 hours ago
5 hours ago
5 hours ago