काठमाण्डौ । कोरोना संक्रमित तेश्रो व्यक्ति एयर अरेबिया हुँदै चैत ६ गते काठमाण्डौ अवतरण गरेका पाइएको छ । 

स्वास्थ्य मन्त्री भानुभक्त ढकालको निजी सचिवालयका अनुसार कोभिड १९ का तेश्रो संक्रमित व्यक्ति मार्च १९ (चैत ६) गते एयर अरेबियाको फ्लाइट नम्बर जी९५३७ बाट राति १०ः९ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका थिए । 

ती व्यक्ति कतारबाट नेपाल आएका थिए । ती युवा ३२ वर्षका रहेका र उनको स्थायी ठेगाना धादिंग रहेको समेत स्वास्थ्यमन्त्री ढकालले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी प्रष्ट पारेका छन् । 

काठमाण्डौ आएपछि उनी यहाँको एक होटलमा बसेका थिए । होटलमै बस्ने क्रममा स्वास्थ्य अवस्था बिग्रिएपछि कोरोनाको आशंका गरी उनलाई टेकूस्थित विशेष अस्पतालमा उपचार थालिएको थियो ।