काठमाण्डौ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिकको तेस्रो त्रैमासमा २८ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ।

आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाको यो नाफा गत वर्षको यही अवधिको तुलनामा ४५७.२३ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले ५ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा पनि ८५९.२७ प्रतिशतले उकालो लागेको छ। गत वर्ष यही अवधिमा ३ करोड १० लाख रुपैयाँ रहेको यस्तो मुनाफा समीक्षा अवधिमा बढेर २९ करोड ७५ लाख रुपैयाँ भएको थियो।

संस्थाले खुद ब्याज आम्दानी भने २९.८९ प्रतिशतले बढाएर ८६ करोड १५ लाख रुपैयाँ गरेको छ। गत वर्ष यस्तो आम्दानी ६६ करोड ३३ लाख रुपैयाँ रहेको थियो। 

यो अवधिमा निष्क्रिय कर्जा ७.८१ प्रतिशतबाट घटाएर ३.२८ प्रतिशत सीमित पार्न सफल भएको संस्थाले ७ अर्ब २० करोड रुपैयाँ सापटी लिई १२ अर्ब ५४ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले ४ अर्ब ६४ करोड रुपैयाँ सापटी लिई १० अर्ब ५४ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

संस्थाले रिजर्भको आकार ३१.८८ प्रतिशतले बढाउँदै ७४ करोड ९३ लाख रुपैयाँको उचाइमा पुर्याएको छ। गत वर्ष रिजर्भमा ५६ करोड ८२ लाख रुपैयाँ रहेको थियो।

चुक्तापुँजी ९८ करोड २५ लाख रुपैयाँ रहेको संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ३८.८९ रुपैयाँ रहेको छ। पीई रेसियो ३१.१४ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १७६.२७ रुपैयाँ रहेको छ।