काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकका प्रमुुख कार्यकारी अधिकृत (सीईओ) किरणकुमार श्रेष्ठले आगामी दिनमा लगानीयोग्य रकम (तरलता) सहज हुनसक्ने सम्भावना रहेको बताएका छन्। 

बिजशालासँगको कुराकानीमा सीईओ श्रेष्ठले आउँदै गरेको प्रदेशसभा र प्रतिनिधिसभा निवार्चनपछि एक किसिमले ५ वर्षका लागि स्थिर सरकार बन्ने हुँदा काम गर्ने वातावरण बन्दा तरलता सहजता हुने सक्ने बताएका हुुन्। ‘राजनीतिक परिवर्तन हुने स्थिति देखिएकोले मानिसहरु पर्ख र हेरको अवस्थामा छन्’, उनले भने, ‘निर्वाचनको नतिजा जे आए पनि अबको सरकार ५ वर्षको हुन्छ। यस्तो अवस्थामा मानिसलाई काम गर्नुपर्ने वातावरण बन्छ भन्ने कन्फिडेन्ड हुुुन्छ।’

निर्वाचनको पूर्वअवस्थामा रकम बैंकमा कम आउने र पुुनः उक्त रकम विभिन्न च्यानल हुँदै बैंकमै आउने सीईओ श्रेष्ठको भनाइ छ। ‘चुुनावका बेला भएको खर्च उपभोगमै खर्च हुन्छ’, उनले भने। 

रुस र युक्रेन युुद्धका कारण मुुद्रास्फीतिसँगै पेट्रोलियम पदार्थको भाउ बढ्दा नेपालमा प्रत्यक्ष प्रभाव पारेको श्रेष्ठ बताउँछन्। ‘बाह्य प्रभाव नपर्ने त कुरै भएन। अहिले चीन, बेलायतलगायतमा देशमा नयाँ नेतृत्व आएका छन्, उनीहरुको समीकरण के हुन्छ र रुस र युुक्रन कसरी अगाडि जान्छन् ? त्यो अर्को पाटो त छँदैछ’, उनले भने, ‘भारत र चीनलाई प्रभाव पर्ने भएपछि यी दुई मुलुकबीच नेपाल रहेकोले हामीलाई पनि प्रभाव पर्ने नै भयो।’ 

सीईओ श्रेष्ठका अनुसार चालुु आर्थिक वर्षको तेस्रो त्रैमासदेखि तरलतामा सहजता आउन सक्छ। ‘तरलता सहज हुँदा ब्याजदर पनि घट्न सक्छ’, उनले भने, ‘मलाई लाग्छ आउँदो असारसम्म पुुग्दा हामी गत वर्षको जस्तै नर्मल अवस्थामा फर्किन सक्छौँ।’

अहिले तरतलता संकटबीच बजारबाट निक्षेप नआइरहेको उल्लेख गर्दै श्रेष्ठले निक्षेप नबढेको अवस्थामा महँगोमा निक्षेप लिन बैंकहरु बाध्य भइरहेको बताए। ‘१२–१३ प्रतिशतसम्म ब्याज दिएर अहिले बैंकहरुले निक्षेप लिइरहेका छन्’, उनले भने, ‘अझ त्यसमा पर्ने विभिन्न चार्जहरुका कारण स्वाभाविक रुपले कर्जाको ब्याजदर बढ्ने नै भयो।’ 

सामान्य अवस्थामा निक्षेप र कर्जातर्फ बढेको ब्याजदरलाई सन्तुलित रुपले विचार गर्नुपर्ने श्रेष्ठको भनाइ छ। ‘पछिल्लो समय ब्याजदरका विषयमा बैंकहरुमाथि लागेका आक्षेपहरु दुःखद कुरा हो’, उनले भने, ‘बैंकहरुको विश्वसनीयतामाथि आइरहेका आक्षेप दुःख लाग्दा छन्। सबै काम नियमभित्रै बसेर गरिएका छन्। कथमकदाचित त्यस्तो गरेको छ भने केसवाइज इस्यूवाइज हेर्नुपर्ने चाहिँ हुन्छ।’ 

श्रेष्ठले हाल पनि सबै बैंकको ब्याजदर समान किसिमको रहेको बताए। राष्ट्र बैंकको निर्देशनविपरीत आफूहरु नगएको उनको भनाइ छ।