काठमाण्डौ । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले ४९ लाख २१ हजार रुपैयाँ घाटा व्यहोरेको छ। गत वर्ष यही अवधिसम्म संस्थाले २६ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
यो अवधिसम्म संस्थाले १ करोड २५ लाख रुपैयाँ सञ्चालन घाटा व्यहोरेको छ। गत वर्ष यही अवधिमा संस्थाको सञ्चालन घाटा ६४ लाख ५६ हजार रुपैयाँ रहेको थियो।
समीक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी पनि ५१.२२ प्रतिशतले घटेर ४६ लाख ६२ हजार रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी ९५ लाख ५९ हजार रुपैयाँ थियो।
\चुक्तापुँजी ३ करोड रुपैयाँ रहेको संस्थाले तेस्रो त्रैमाससम्म १० करोड ८४ लाख रुपैयाँ सापटी लिई १८ करोड ६३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। गत वर्षको यही अवधिमा संस्थाले १३ करोड ३ लाख रुपैयाँ सापटी लिई २० करोड ५१ लाख रुपैयाँ कर्जा परिचालन गरेको थियो।
यो अवधिमा संस्थाको रिजर्भको ३७ लाख १ हजार रुपैयाँले ऋणात्मक रहेको छ। गत वर्ष यही अवधिमा संस्थाको रिजर्भमा १० हजार रुपैयाँ रहेको थियो।
संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढेर ४.८८ प्रतिशत पुगेको छ। गत वर्ष एनपीएल ४.७६ प्रतिशत थियो।
संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) २१.८८ रुपैयाँले ऋणात्मक रहेको छ। संस्थाको प्रतिसेयर नेटवर्थ ८७.६६ रुपैयाँ रहेको छ।
48 minutes ago
58 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago