काठमाण्डौ । पिपुल्स पावर लिमिटेड चालु आर्थिक वर्षको तेस्रो त्रैमासका घाटामा गएको छ।
आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले ४६ लाख ४८ हजार रुपैयाँ घाटा व्यहोरेको हो। दोस्रो त्रैमासमा कम्पनीले ४१ लाख १३ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी भने बढेर १ करोड ७७ लाख रुपैयाँ भएको छ। अघिल्लो त्रैमासमा विद्युत बिक्रीबाट कम्पनीले १ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको थियो।
चुक्तापुँजी ६३ करोड २६ लाख रुपैयाँ रहेको कम्पनीको तेस्रो त्रैमासमा रिजर्भ १ करोड ९० लाख रुपैयाँले ऋणात्मक रहेको छ। दोस्रो त्रैमासमा पनि कम्पनीको रिजर्भ १ करोड ४३ लाख रुपैयाँले ऋणात्मक रहेको थियो।
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ०.७३ रुपैयाँले ऋणात्मक रहेको छ। सेयरको बजार मूल्य ३००.१ रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ९६.९९ रुपैयाँ रहेको छ।
9 hours ago
9 hours ago
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago