काठमाण्डौ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले अधिकांश वित्तीय सूचकमा प्रगति गरेको छ।
तेस्रो त्रैमास वित्तीय विवरणअनुसार बैंकले समीक्षा अवधिसम्म गत वर्षको तुलनामा ४९.९६ प्रतिशतले बढाउन सफल भएको छ। समीक्षा अवधिसम्म बैंकको खुद नाफा ९१ करोड ५७ लाख रुपैयाँ रहेको छ। बैंकले गत वर्ष यही अवधिसम्म २ अर्ब २४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
तेस्रो त्रैमासम्म बैंकको सञ्चालन मुनाफा १ अर्ब २६ करोड रुपैयाँ रहेको छ। जुन गत वर्ष यही अवधिसम्म ८७ करोड ३३ लाख रुपैयाँ रहेको थियो।
समीक्षा अवधिसम्म बैंकको खुद ब्याज आम्दानी २ अर्ब २५ करोड रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी १ अर्ब ९७ करोड रुपैयाँ थियो।
समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा १३ करोड ४१ लाख रुपैयाँ रहेको छ।
यो त्रैमाससम्म बैंकले ५८ अर्ब ७७ करोड रुपैयाँ निक्षेप संकलन गरी ५८ अर्ब १० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले ६० अर्ब २७ करोड रुपैयाँ निक्षेप संकलन गरी ५७ अर्ब ८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।
बैंकको रिजर्भ ७७.३७ प्रतिशतले बढेको छ। गत वर्ष १ अर्ब ८६ लाख रुपैयाँ रहेको रिभर्जमा बढेर १ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ।
बैंकको निष्क्रिय कर्जा दर भने ४३.१४ प्रतिशतले बढेको छ। गत वर्ष १.५३ प्रतिशत रहेको निष्क्रिय कर्जाको दर बढेर २.१९ प्रतिशतमा झरेको छ।
बैंकको आधार दरमा भने घटेको छ। गत वर्ष ११.३२ प्रतिशत रहेको आधार दर घटेर समीक्षा अवधिमा १०.२७ प्रतिशतमा झरेको छ।
बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १४.५१ रुपैयाँ रहेको छ भने पीई रेसियो १०.९६ गुणा रहेको छ।
22 minutes ago
42 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago