काठमाण्डौ । नेपाल बंगलादेश बैंक लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १ अर्ब ५० लाख रुपैयाँ खुद नाफा कमाएको छ।

तेस्रो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकको खुद नाफा गत वर्षको तुलनामा भने ११.९५ प्रतिशतले घटी हो। गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब १४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिसम्म बैंकको सञ्चालन मुनाफा १ अर्ब ४६ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्ममा पनि बैंकको सञ्चालन मुनाफा १ अर्ब ६५ करोड रुपैयाँ नै थियो। 

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २ अर्ब १४ लाख रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिसम्म २ अर्ब ११ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। 

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा २ करोड ८० लाख रुपैयाँ रहेको छ। 

समीक्षा अवधिमा बैंकले ६३ अर्ब २९ करोड रुपैयाँ निक्षेप संकलन गरी ५९ अर्ब ८०रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले ६९ अर्ब ७६ करोड रुपैयाँ निक्षेप संकलन गरी ५७ अर्ब ५१ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो। 

समीक्षा अवधिमा बैंकको रिजर्भको आकार २९.१२ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिसम्म रिजर्भमा ३ अर्ब ३१ करोड रुपैयाँ रहेकोमा आकार बढेर समीक्षा अवधिसम्म ४ अर्ब २८ करोड रुपैयाँको उचाइमा पुगेको हो। 

बैंकको खराब कर्जाको अनुपात २.७६ प्रतिशत रहेको छ भने बेस रेट ९.८९ प्रतिशत रहेको छ। सीडी रेसियो भने ७५.०३ प्रतिशत कायम भएको छ।