काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।
समीक्षा अवधिमा कम्पनीले २ कोड ७८ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ५१ लाख २२ हजार रुपैयाँ घाटा व्यहोरेको थियो।
यो अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी पनि घटेर ९ करोड ६८ लाख रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले विद्युत बिक्रीबाट १० करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको थियो।
चुक्तापुँजी ४० करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भ १२ करोड ६० लाख रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष रिजर्भ ९ करोड ७७ लाख रुपैयाँले ऋणात्मक रहेको थियो।
समीक्षा अवधिमा कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ९.१७ रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष पनि ईपीएस ०.१७ प्रतिशतले ऋणात्मक रहेको थियो। कम्पनीको प्रतिसेयर नेटवर्थ ६८ रुपैयाँ रहेको छ।
5 hours ago
5 hours ago
5 hours ago
5 hours ago
6 hours ago
7 hours ago
7 hours ago
7 hours ago
7 hours ago
8 hours ago