काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार बिहान १ बजेदेखि बिहान ७ बजेसम्म कुनै पनि उडान र अवतरण नहुने भएको छ।

विमानस्थलका महानिर्देशक प्रतापबाबु तिवारीले एक सूचना जारी गर्दै बिहीबार बिहान १ बजदेखि बिहान ७ बजेसम्म आन्तरिक र अन्तर्राष्ट्रिय उडान र अवतरण अवरुद्ध हुने जानकारी गराएका हुन्। 

विमानस्थलको विद्युत आपूर्ति प्रणालीलाई थप सुदृढ बनाउने क्रममा अनलाइन यूपीएस जडान गर्ने काम जारी रहेका कारण उडान अवरुद्ध हुने सूचनामा उल्लेख छ। विमानस्थलमा यात्रुको सुरक्षा थप अभिवृद्धि गर्न अनलाइन यूपीएस जडान गर्न लागिएको सूचनामा जनाइएको छ। 

उक्त समयमा उडान गर्ने यात्रुले आफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी व्यवस्था मिलाउनसमेत विमानस्थलले आग्रह गरेको छ।