काठमाण्डौ । देशभर थप १ हजार ८३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा पीसीआर विधिबाट ५ हजार ५३५ नमुना परीक्षण गर्दा १ हजार २३७ जनामा र एन्टिजेन विधिबाट ३ हजार ६८३ जनाको परीक्षण गर्दा ५९४ जनामा संक्रमण पुष्टि भएको हो। 

पछिल्लो २४ घन्टाको अवधिमा १ हजार ५३३ जना कोरोनाबाट निको भएका छन्।

यो अवधिमा थप २० जनाको कोरोनाबाट मृत्यु पुष्टि भएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ३८२ पुगेको छ।