काठमाण्डौ । पछिल्लो २४ घन्टाको अवधिमा देशभर थप २ हजार २१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घन्टामा १२ हजार १०६ जनामा गरिएको पीसीआर र एन्टिजेन परीक्षणमा २ हजार २१२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै देशभर संक्रमितको कुल संख्या ८ लाख ७ हजार ४०२ पुगेको छ। 

पछिल्लो २४ घन्टामा थप १ हजार ८६७ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या ६ लाख ८२ हजार ६८२ पुगेको छ। 

हाल देशभर ३९ हजार २९८ सक्रिय संक्रमित छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ३३ जनाको कोरोना संक्रमण मृत्यु भएको पुष्टि भएको छ। मृतकको कुल संख्या १० हजार २९२ पुगेको छ।