काठमाण्डौ । मर्जर प्रयोजनका लागि रोक्का रहेका थप दुई कम्पनीको सेयर कारोबार फुकुवा भएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)को आज मंसिर २१ गतेको निर्णयबमोजिम समिट लघुवित्त र सानिमा लाइफ इन्स्योरेन्सको सेयर कारोबार फुकुवा भएको हो। यी दुवै कम्पनीको आधारभूत सेयरधनीहरुको बाहेक अन्य सेयरधनीहरुको सेयर कारोबार फुकुवा भएको छ।
अब यी दुवै कम्पनीको सेयर कारोबार आउँदा आइतबार खुल्नेछ। भोलि बिहीबार सार्वजनिक बिदा र पर्सि शुक्रबार भएकोले सेयर कारोबार हुने छैन।
आजसम्म मर्जर प्रयोजनका लागि रोक्का रहेका १९ वटा कम्पनीको सेयर कारोबार फुकुवा भएको छ। अझै मर्जर प्रयोजनका लागि १६ वटा कम्पनीका सेयर कारोबार रोक्का नै रहेको छ।
13 minutes ago
23 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago