काठमाण्डौ । पछिल्लो २४ घन्टामा देशभर थप ३ हजार ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ११ हजार ८३९ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ६१३ जनामा र ४ हजार ९९९ जनाको एन्टिजेन परीक्षण गर्दा ७९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

पछिल्लो २४ घन्टामा काठमाण्डौ उपत्यकामा ९९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमा काठमाण्डौका ७११ जना, ललितपुरका १६० जना र भक्तपुरका १२२ जना छन्। 

यो अवधिमा थप २ हजार १०४ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् भने थप ४२ जनाको मृत्यु भएको पुष्टि भएको छ। 

हाल देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ३३८ रहेको मन्त्रालयले जनाएको छ।