काठमाण्डौ। पछिल्लो २४ घन्टामा देशभर थप ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार ३ हजार ३२८ जनाको नुमना परीक्षण गर्दा ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। तीमध्ये १ हजार ८२८ जनाको पीसीआर परीक्षण गर्दा २६८ जना र १ हजार ५०० जनाको एन्टिजेन परीक्षण गर्दा ८९ जनामा संक्रमण देखिएको छ। 

पछिल्लो २४ घन्टामा ६२ जना संक्रमणमुक्त भएका छन्। 

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १ हजार ९८२ रहेको छ।