काठमाण्डौ । देशभर पछिल्लो २४ घन्टामा थप ८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको तथ्यांकअनुसार कुल २० हजार ३५९ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ५ हजार ५७१ जनामा र एन्टिजेन विधिबाट २ हजार ८८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै कुल संक्रमितको संख्या १० लाख ५४ हजार ८८ पुगेको छ। 

यसैगरी पछिल्लो २४ घन्टामा थप ४ हजार ४३३ जना निको भएर डिस्चार्ज भएका छन्। यसरी संक्रमणमुक्त हुनेको संख्या ८ लाख ३१ हजार ७१२ पुगेको छ। 

हाल देशभर सक्रिय संक्रमितको संख्या ९० हजार ६७ रहेको मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ। योसँगै कुल मृतकको संख्या ११ हजार ६७२ पुगेको छ।