काठमाण्डौ। पछिल्लो २४ घन्टामा देशभर थप ८६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ७०५ जनाको नमुना परीक्षण गर्दा ८६८ जनामा संक्रमण पुष्टि भएको हो। जसअनुसार ३ हजार ६१४ जनाको पीसीआर परीक्षण गर्दा ४९६ जना र ३ हजार ९१ जनाको एन्टिजेन परीक्षण गर्दा ३७२ जनामा संक्रमण पुष्टि भएको छ। 

पछिल्लो २४ घन्टामा ४१४ जना निको भएर घर फर्किएका छन्। यही अवधिमा थप ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। 

हाल देशभर सक्रिय संक्रमितको संख्या ८ हजार ८८५ पुगेको छ।