काठमाण्डौ । दक्षिण कोरिया सन् २०२१ मा पनि पनि विश्वकै सबैभन्दा कम जन्मदर भएको देश बनेको छ। 

हालै सार्वजनिक भएको तथ्यांकका आधारमा दक्षिण कोरियामा २०२१ मा पनि जन्मदर सबैभन्दा कम देखिएको हो। त्यहाँ जन्मदर ०.८१ प्रतिशत रहेको छ। जुन २०२० तुलनामा ०.०३ प्रतिशतले कम हो। 

अमेरिका र जापानमा जन्मदर क्रमशः १.६ प्रतिशत र १.३ प्रतिशत रहेको छ। जुन अघिल्लो वर्षको तुलनामा कम हो। 

अफ्रिकी मुलुकहरुमा जन्मदर सबैभन्दा बढी रहेको तथ्यांकले छ। अफ्रिकी मुलुकमा जन्मदर ५ अथवा ६ प्रतिशत रहेको छ। 

कुनै पनि मुलुकको जनसंख्या स्थिर रहन कम्तीमा जन्मदर २.१ प्रतिशत आवश्यक रहन्छ। त्यहाँभन्दा तल भएमा न्यून र माथि भएमा जन्मदर अधिक मानिन्छ। 

तथ्यांकअनुसार दक्षिण कोरियामा महिलाहरुले ढिलो उमेरमा र कम बच्चा जन्माउँदा जन्मदर घटेको हो। हाल दक्षिण कोरियाको जनसंख्या पनि घट्दो क्रममा रहेको छ। दक्षिण कोरियामा हाल १६.८ प्रतिशत जनसंख्या ६५ वर्षभन्दा माथिका छ भने ११.८ प्रतिशत १४ वर्षभन्दा तलको जनसंख्या रहेको छ। 

हरेक वर्ष दक्षिण कोरियामा ५ प्रतिशतभन्दा बढी जनसंख्या ६५ वर्षभन्दा माथिका मानिसहरुले बढेको छ। –एजेन्सी