काठमाण्डौ। कोरोनाभाइरससँगको लडाइँमा निकै वाहवाही बटुलेको दक्षिण कोरियाबाट एउटा दुखद् खबर सार्वजनिक भएको छ।

दक्षिण कोरियामा कोरोनाबाट संक्रमित भएर निको भएर घर फर्किएका का ५१ जना पुनः यो भाइरसको चपेटामा परेका हुन्। यसका कारण स्वास्थ्य विशेषज्ञहरुले चेतावनी दिएका छन् कि कोरोना संक्रमित मानिस ठिक भए पनि यसको भाइरस शरीरभित्र रहने हुँदा सावधानी नअपनाए फेरि देखिन सक्छ।

योन्हप न्युज एजेन्सीका अनुसार दक्षिण कोरियाको बिरामी रोकथाम केन्द्रका अनुसार दाइगो र उत्तरी ग्येओङसाङ प्रान्तसँग जोडिएका इलाकामा बसोबार गर्ने ५१ जना मानिसमा फेरि कोरोनाको संक्रमण देखिएको हो। केन्द्रका निर्देशक जिओङ उन क्योङले ठिक भइसकेका मानिस फेरि कोरोना संक्रमण देखिने सम्भावना रहेको स्वीकारेका छन्।

ती मानिसमा पुनः कोरोनाको लक्षण देखिएपछि दक्षिणका कोरियाका स्वास्थ्य अधिकारीहरुलाई त्यस क्षेत्रमा जाँचपड्तालका लागि खटाइएको थियो। टोलीमा रहेका विशेषज्ञ कमी तेई क्युङका अनुसार जो मानिस निको भएर फर्किएका थिए उनीहरुमा पुनः संक्रमण देखिएको छ। ‘यसको मतलब ती मानिसको शरीरभित्र रहेका कोरानाभाइरस पुनः सक्रिय भएका छन्’, उनले भने।

विशेषगरी कोरोना संक्रमित मानिसमा केही दिनको उपचारपछि ठिक हुन लागेको निक्र्यौल गर्न अन्तिममा २४ घन्टाको अन्तरालमा दुईपटक कोरोना टेस्ट गरिन्छ। यदि ती दुवै टेस्ट नेगेटिभ आएमा बिरामी ठिक भएको मानिन्छ।

दक्षिण कोरियामा सोमबार ५० जना नयाँ संक्रमित फेला परेका थिए। योसँगै दक्षिण कोरियामा संक्रमितको संख्या १० हजार २८४ पुगेको छ।  त्यहाँ हालसम्म १८६ जनाको ज्यान गइसकेको छ। – एजेन्सी