काठमाण्डौ। नेपालको अग्रणी अनलाइन बजार ‘दराज’ ले भोलि भदौ २ गतेदेखि दराजमल फेस्टिभल सुरु हुने घोषणा गरेको छ। 

यस अभियानको मुख्य हाइलाइटहरू भने एड टु कार्ट, वेलकम गिफ्ट, मेगा भाउचर, बैंक कार्डमार्फत अनलाइन प्रि–पेमेन्टमा १५% (रु ५०० सम्म) छुट, इमेज रिभिउ एन्ड विन, फलो एन्ड विन, बम्पर उपहारमा XIAOMI MI 11 X PRO 5G, निःशुल्क डेलिभरी साथै थुप्रै अरु पुरस्कार जित्ने मौका रहेको छ। 

दराजमल दराजद्वारा सुरु गरिएको एक अनलाइन सपिङ मल हो। जसमा सोनी, सामसुङ, गोल्डस्टार, रिम्याक्स, वाइल्ड हर्नका साथै ३०० भन्दा बढी अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डहरु चित्रित छन्। १००% प्रामाणिक उत्पादनहरु र १४ दिन फिर्ता नीतिसँग दराजमलले ग्राहकलाई राम्रो किनमेलको अनुभव सुनिश्चित गर्नका लागि प्रदान गर्दछ। त्यसै कारण दराजमल फेस्टिभल ग्राहकका लागि अद्भुत मूल्यहरुमा आफ्नो मनपर्ने प्रिमियम ब्रान्डहरु खरिद गर्नका लागि एक सुनौलो अवसर हो।

विगतमा जस्तै ग्राहकले बैंक डेज छुटमार्फत डेबिट र क्रेडिट कार्डबाट प्रि–पेमेन्ट गर्दा थप १५ प्रतिशत (रु ५०० सम्म) छुट पाउन सक्ने कम्पनीले जनाएको छ। बैंक डेज अफर निम्नानुसार छन्–  

  • सोमबार – सानीमा बैंकको क्रेडिट कार्ड भुक्तानमा १५% (रु ५००) सम्मको छुट/डेबिट कार्ड भुक्तानमा १०% (रु ५००) सम्मको छुट। 
  • बुधबार – एनआईसी एशिया बैंकको क्रेडिट कार्ड भुक्तानमा १५% (रु ५००) सम्मको छुट/डेबिट कार्ड भुक्तानमा १०% (रु ५००) सम्मको छुट। 
  • बिहीबार – माछापुच्छ्रे बैंकको क्रेडिट कार्ड भुक्तानमा १५% (रु ५००) सम्मको छुट/डेबिट कार्ड भुक्तानमा १०% (रु ५००) सम्मको छुट
  • बिहीबार – मेगा बैंकको क्रेडिट कार्ड भुक्तानमा १५% (रु ५००) सम्मको छुट/डेबिट कार्ड भुक्तानमा १०% (रु ५००) सम्मको छुट
  • बिहीबार – हिमालयन बैंकको कार्ड भुक्तानमा १५% (रु ५००) सम्मको छुट
  • शुक्रबार – नबिल बैंकमार्फत १०% छुट (अधिकतम रु ५००)
  • शनिबार – स्टान्डर्ड चार्टर्ड बैंकबाट मार्फत १०% छुट (अधिकतम रु ५००) 

यसबाहेक पहिलोपटक भिसा कार्डमार्फत भुक्तानी गर्ने दराज ग्राहकले २०% सम्मको छुट पाउन सक्नेछन्। भिसा डेबिट कार्डमार्फत प्रि–पेमेन्ट गरेमा १५% (रु ५००) सम्म छुट र भिसा क्रेडिट कार्डमार्फत प्रि–पेमेन्टमा २०% (रु ५००) छुट पाउन सक्नेछन्। 

त्यसैगरी एनआईसी एशिया बैंक, सनराइज बैंक, सिटिजन्स बैंक र माछापुच्छ्रे बैंकका ग्राहकले सजिलो मासिक किस्ता सेवामार्फत सपिङ गर्न पाउनेछन्। उल्लेखित बैंकका ग्राहकहरुले क्रेडिट कार्डका साथ आफूलाई मन परेको उत्पादनहरु शून्य ब्याज र शून्य डाउनपेमेन्टमा खरिद गर्न सक्दछन्।  

योबाहेक, ब्रान्ड अफ द डेजस्तो अफरले ग्राहकलाई आफ्नो मनपर्ने ब्रान्डमा थप छुट प्राप्त गर्नका लागि एक अद्वितीय अवसर प्रदान गर्दछ। हरेक दिन, एक चयन दराजमल ब्रान्डले आफ्ना उत्पादनहरुमा विशेष छुट प्रदान गर्नेछ। जस्तै– अमय्रा फ्यासन हाउसले आफ्नो उत्पादनहरुमा ६५ प्रतिशतसम्मको छुट दिँदैछ, एर्केले ५० प्रतिशतसम्मको छुट दिँदैछ भने स्टार स्ट्रक बाई सन्नी लिओनले फ्ल्याट ४० प्रतिशतको छुट प्रस्ताव गर्दैछ। तसर्थ, ग्राहकहरु दराजमल फेस्टिभल भर अपडेट रहनका लागिसल्लाह दिइन्छ। 

यतिमात्र नभई ग्राहकहरुले रु ६४ हजार ९९९ मूल्यको XIAOMI MI 11 X PRO 5G बम्पर उपहारका रुपमा जित्न मौका पाउनेछन्। 

यसैगरी एड टु कार्टमार्फत ग्राहकहरुले हरेक दिन रु १ हजार को भाउचर जित्न सक्नेछन्। यसका साथै दराजका सबै नयाँ प्रयोगकर्ताले  वेलकम गिफ्ट अफरमार्फत रु २०० मूल्यको भाउचर निःशुल्क पाउनेछन्। यो केवल नयाँ प्रयोगकर्ताहरुका लागिमात्र हो। 

दराजमल फेस्टिभलमा नयाँ प्रयोगकर्ताले इमेज रिभिउ एन्ड विन, फलो एन्ड विन र ब्रान्ड पपिंग जस्ता खेल खेली अतिरिक्त भाउचरहरु जित्ने मौका पनि प्राप्त गर्नेछन्। यतिमात्र नभई नयाँ प्रयोगकर्ताले 50RECHARGE कोड प्रयोग गरी रु १०० को रिचार्ज रु ५० मै पाउन सक्नेछन्।  

‘दराजमल फेस्टिभल हामी पहिलोपटक सुरु गर्दैछौँ र हामी धेरै नै उत्साहित छौँ। यो अभियान ग्राहकलाई एक अद्वितीय खरिददारी अनुभव प्रदान गर्न जाँदैछ। हामी हाम्रा ग्राहकलाई प्रिमियम ग्लोबल मानक उत्पादनहरु प्रदान गर्न पाउँदा धेरै खुसी छौँ। ३०० भन्दा बढी शीर्ष रेटेड राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्ड, १००% प्रामाणिक उत्पादनहरु र १४ दिन फिर्ता पलिसीको साथ हामी आशा गर्दछौँ कि हाम्रा ग्राहकलाई एक अद्भुत अनुभव हुनेछ’, दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिङले भने, ‘ग्राहक तथा कर्मचारीको सुरक्षा सुनिश्चित गर्न दराज अझै पनि सबैभन्दा राम्रो स्वच्छता अभ्यासहरु पछ्याउँदैछ। त्यस्तैगरी ग्राहकलाई समान खरिद गर्नुअघि सँधै उत्पादनको र बिक्रेताको रेटिङ र रिभ्यु जाँच गर्न सल्लाह दिइन्छ।’