काठमाण्डौ । नेपालको अग्रणी अनलाइन बजार दराजले आइएमई पेसँग साझेदारी गरी हरेक आइतवार आइएमई पे डे सुरु हुने घोषणा गरेको छ। 

योसँगै दराज र आइएमई पे प्रयोगकर्ताहरूले आफ्नो आइएमई पे वालेटमार्फत दराजमा भुक्तानी गर्दा हरेक आइतबार १० प्रतिशत (अधिकतम रु. ३५०) सम्मको अतिरिक्त छुटको मजा लिन सक्नेछन्। यसका साथै दराजका ग्राहकले आफ्नो आइएमई पे भिसा कार्डमार्फत भुक्तानी गर्दा हरेक आइतबार १० प्रतिशत (अधिकतम रु. ५००) सम्मको अतिरिक्त छुटको मजा लिन सक्नेछन्।

यो सम्झौता दराज नेपालका डिजिटल पेमेन्ट एन्ड पार्टनरसिप प्रमुख अरुण फुयाँल र आइएमई पेका सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्न्यातले हस्ताक्षर गरेका छन्।

‘आइएमई पेसँग साझेदारी गरी आइएमई पे डे घोषणा गर्न पाएकोमा हामी धेरै उत्साहित छौँ। यस साझेदारीको मुख्य उद्देश्य भने ग्राहकलाई किनमेल गर्न डिजिटल प्लेटफर्म रोज्नका लागि थप कारण प्रदान गर्नुका साथै नेपाली ई–कमर्स इकोसिस्टमलाई नयाँ उचाइमा पुर्याउन मद्दत गर्नु हो’, दराज नेपालका डिजिटल पेमेन्ट एन्ड पार्टनरसिप प्रमुख अरुण फुयाँलले भने।  

ग्राहकले आइएमई पे वालेट वा आइएमई पे भिसा कार्ड भाउचरहरु दराज एप वा वेबसाइटमार्फत संकलन गर्नुपर्छ। संकलित भाउचरहरु चेकआउटको समयमा स्वतः लागू हुनेछन्।