काठमाण्डौ । नेपालको अग्रणी अनलाइन बजार ‘दराज’ले यही चैत २८ गतेदेखि नव वर्षको सेल– नयाँ रहर नयाँ अफर सुरु हुने घोषणा गरेको छ। 

नयाँ वर्षको अवसरलाई लिएर दराजले आफ्ना ग्राहकलाई आश्चर्यजनक डिल, रु. ५ हजारसम्मको भाउचर, विशेष अफरहरु, अनलाइन भुक्तानीमा विशेष साझेदार छुट, उत्कृष्ट पुरस्कारका साथै बम्पर उपहारमा नयाँ Yadea S-Like स्कुटर जित्ने अवसर लिएर आएको छ। 

यस अभियानका लागि नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र दराजबीच सम्झौता भएको छ। जसबाट नेपाल बैंकका कार्ड वाहकले डेबिट प्रिपेमेन्टमा १० प्रतिशत (अधिकतम रु. १ हजार) र क्रेडिट कार्ड प्रिपेमेन्टमा १५ प्रतिशत (अधिकतम रु. १ हजार ५००) सम्म छुटको मज्जा लिन सक्नेछन्। 

त्यस्तै सानिमा बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, मेगा बैंक, बैंक अफ काठमाण्डू, एनसीसी बैंक, सेन्चुरी बैंक, ज्योति विकास बैंक, मुक्तिनाथ बैंक र सांग्रिला बैंकका कार्डवाहकले डेबिट कार्डमा १० प्रतिशत (रु. १ हजारसम्म) छुट र क्रेडिट कार्ड अनलाइन प्रिपेमेन्टमा १५ प्रतिशत (रु. १ हजार ५०० सम्म) छुटको मज्जा लिन सक्नेछन्। 

यसका साथै स्ट्यान्डर्ड चार्टर्ड बैंकका डेबिट वा क्रेडिट कार्डवाहकले अनलाइन प्रिपेमेन्टमा १५ प्रतिशतसम्म छुट (अधिकतम रु. १ हजार) प्राप्त गर्न सक्नेछन्। यद्यपि यो अफर ११ अप्रिलदेखि १५ अप्रिलसम्म मान्य हुनेछ।

अभियानका क्रममा सबै विशेष बैंक छुटहरु मज्जा लिन दराजले आफ्ना ग्राहकलाई अनलाइन भुक्तानीका लागि आफ्ना बैंक कार्डहरु सक्रिय गर्न अनुरोध गरेको छ।