काठमाण्डौ । यस वर्षको ११.११ अभियानको विशाल सफलता पछि, नेपालको अग्रणी अनलाइन बजार, दराजले वर्षको अन्तिम सेल अभियान दराज १२.१२ को घोषणा गरेको छ। 

उक्त अभियान २७ मंसिर मध्यरात देखि ३ पुष (१२ देखि १८ डिसेम्बर) सम्म हुनेछ । १२.१२ मा दराज उपभोक्ताहरुले विशेष छूट्का साथ भाउचरहरू, र बैंक कार्ड मार्फत थप छूट्को लाभ उठाउन सक्नेछन् । यस अभियानको लागि, सानिमा बैंक, माछापुच्छ्रे बैंक र सिटिजन बैंकका क्रेडिट र डेबिट कार्ड धारकहरूले कार्ड प्रिपेमेन्टमा १२ प्रतिशत (अधिकतम रु १२१२) सम्मको छूट् पाउन सक्नेछन्। 

यसबाहेक, उपभोक्ताहरुले “मेगा गिभअवे” को रूपमा रु ६९,९९९ को नयाँ सामसुङ्ग ग्यालेक्सी एस २० एफई जित्ने अवसर प्राप्त गर्नेछन्। सेलको उत्साहलाई निरन्तरता दिनको लागि, उपभोक्ताहरुले वान रुपी गेममा पनि भाग लिन सक्दछन् जहाँ उनीहरूले नयाँ मोटोरोला ई प्लस लगायत अन्य उत्पादनहरु मात्र रु १ मा जित्न सक्नेछन्। त्यस्तै, १२.१२ मा मोटोरोलाले मोटोरोला ई सेवेन प्लस र मोटोरोला जी प्ले दराज मार्फत लन्च गर्दै छ। उक्त फोनहरुमा इच्छुक खरीददारहरूले कार्ड मार्फत १२ प्रतिशतको अतिरिक्त छूट्का साथ निःशुल्क होम डेलिभरीको फाइदा पनि उठाउन सक्नेछन।

१२.१२ मा दराजले नेपालमा बनेका सामानहरूलाई विशेष प्राथमिकता दिंदै उत्तम मूल्यमा उपलब्ध गराउँदैछ। ग्राहकहरूले सलाना, भिर जिन्स, र जे फिशर जस्ता अन्य धेरै नेपाली ब्रान्ड र उत्पादनहरूमा राम्रो अफरहरू अपेक्षा गर्न सक्दछन् । यससँग, दराजले स्थानीय सानो र मध्यम आकार का उद्यम (एसएमई) हरूलाई अझ बढावा दिने र उनीहरूलाई ११.११ मा गरे जस्तै देशभरका लाखौं ग्राहकहरूसँग जोड्ने आशा गर्दछ।