काठमाण्डौ । सानिमा बैंकले दशैंको अवसर पारेर मुद्दति निक्षेपमा पैसा राख्दा सर्वाधिक ब्याजदर पाउने स्किम सार्वजनिक गरेको छ । 

बैंकले असोज १ गतेदेखि लागू हुने गरी यस्तो स्किम सार्वजनिक गरेको हो । 

विशेष दशैं बम्पर योजना नाम दिइएको यो स्किमअन्तर्गत व्यक्तिगत मुद्दति खातामा ९.५१ प्रतिशतसम्म उच्च ब्याजदर दिइनेछ । ब्याजदरको भुक्तानी मासिक रुपमा गरिने बैंकले जनाएको छ । 

यो स्किमअन्तर्गत खाता खोल्दा पहिलो वर्षका लागि डेबिटरक्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग मेरो शेयर, डिम्याट खाता निःशुल्क प्रदान गरिने समेत बैंकले जनाएको छ । 

यसका साथै बचत खातामा ५ प्रतिशतसम्म ब्याजदर प्रदान गरिनुका साथै दुर्घटनामा मृत्यु भएमा वा स्थायी अपाङ्गता भएमा रु १० लाखसम्मको दुर्घटना बीमा, रु ३ लाख बराबरको घातक रोगको बीमा, रु ५० हजार बराबरको मेडिकल बीमा, वार्षिक रु  ५ हजार बराबरको वार्षिक बहिरंग उपचार खर्च र रु ५ हजार बराबरको स्वास्थ्य परीक्षण सेवा ग्राहकलाई प्रदान गरिने बैंकले जनाएको छ ।