काठमाण्डौ । एनआईसी एसिया बैंकले आफ्नो दशैं भिडियो सार्वजनिक गरेको छ । 

आफ्नैहरुबाट तिरस्कृत भएर वृद्धाश्रममा जीवन बिताइरहेका वृद्धवृद्धाको कथालाई भिडियोमा मार्मिक रुपमा प्रस्तुत गरिएको छ । साथै कथाको अर्को पाटोमा अनाथहरुको आफन्तबिनाको निरश जीवनको चित्रण समेत गरिएको छ । 

कथाका यी दुई खालका पात्रहरुलाई एकैठाउँमा ल्याएर वृद्धाश्रम र अनाथआश्रमबीचको दूरी मेटाएर एक नयाँ शुरुवातको सटिक प्रस्तुतीकरण यस भिडियोमार्फत गरिएको छ ।

सोंच बदलिएको खण्डमा हर कुरा सम्भव छ भन्ने सन्देश यो भिडियोले दिएको छ । वृद्धाहरुलाई बालबालिकाको साथ तथा अनाथहरुलाई वृद्धवृद्धाका रुपमा अभिभावकहरुको साथ पाएपछि दशैं हर्षोल्लासका साथ मनाइएको मन छुने प्रस्तुति रहेको छ । कथाको अन्त्यमा एकदमै नयाँ सोंच तथा अवधारणाको बाल बृद्धाश्रमको सुरुवात देखाइएको छ ।

सदैव परिष्कृत  सेवा प्रदान गरी सहज बैंकिङ्ग सेवा दिँदै आएको एनआईसी एसिया बैंकले आफ्नो दशैं भिडियोमार्फत नयाँ सोचौं खुसी बाडौं भन्ने सन्देश पनि प्रवाह गरेको छ ।

भिडियो यस्तो छः