काठमाण्डौ । दसैँलाई लक्षित गर्दै नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले २ हजार खसीबोका काठमाण्डौ ल्याउने भएको छ। 

घटस्थापनाको भोलिपल्टबाट बिक्री गर्ने योजना रहेको खसीबोका यसपटक मकवानपुर र तुलसीपुरबाट ल्याइँदैछ। ‘खसीबोका ल्याउने तयारी हुँदैछ’, कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदी भन्छिन्, ‘पोहोर साल १ हजार ५१० खसी बोका ल्याएका थियौँ। यसपटक २ हजार खसी ल्याउने योजना छ। बजारको अवस्था हेरेर सङ्ख्यामा तलमाथि हुन् सक्छ।’

सुवेदीका अनुसार कम्पनीको उद्देश्य मूल्य निर्धारण गरी बजारमा मूल्यको स्थिरता ल्याउने रहेको छ। खसी व्यवसायहरुले कम्पनीले तोकेको मूल्यको सेरोफेरोमा बिक्रीवितरण गर्न सक्छन्।‘

मूल्य बढी वा कम तय गरी उपभोक्ता साथै व्यापारीलाई मारमा पर्दैनौँ’, उनले भनिन्। 

यसपटक कम्पनीले खसीबोका आयातका लागि ३ करोड २० लाख रुपैयाँ छुटाएको छ।