काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले दाङको घोराहीमा फागुन ३ गतेदेखि शाखा कार्यालय संचालनमा ल्याएको छ । 

यो शाखाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल , केन्द्रिय सदस्यहरु भरतराज आचार्य तथाा धु्रवराज श्रेष्ठ भारीले संयुक्त रुपमा गरे । 

शाखा उद्घाटन समारोहमा स्थानीय उद्योगी, व्यापारीहरु लयागत विभिन्न बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीका प्रमुख तथा प्रतिनिधीहरु, सहकारी संस्थाका प्रमुखहरु तथा सर्वसाधारणहरुको उपस्थिति थियो । 

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभर नै शाखा सञ्जाल विस्तार गरी ग्राहकहरुलाई सरल, छिटो तथा विश्वसनीय सेवा प्रदान गर्ने जानकारी दिए । 

कम्पनीको यो शाखासहित २७ वटा शाखा, ४ वटा उपशाखा कार्यालय तथा १० वटा सेवा काउण्टरहरु र प्रधान कार्यालय सहित ४१ स्थानबाट  सेवाग्राहीहरुलाई उच्च कोटीको सेवा प्रदान गर्नेे जानकारी गराउंदै निकट भविष्यमानै थप १३ शाखा तथा उपशाखा कार्यालयहरु खोलेर ५४ स्थानबाट सेवा प्रदान गर्दै आफनो शाखा सञ्जाललाई देशको विभिन्न भागमा विस्तार गर्दै चुस्त सेवा प्रदान गर्ने जानकारी दिए । 

कार्यक्रममा नायव महाप्रबन्धक शरण रेग्मीले कम्पनीले आफ्ना ग्राहकलाई सहज बीमा सेवा प्रदान गर्न सार्वजनिक विदाको दिनमा पनि बीमा सेवा प्रदान गर्ने गरी प्रधान कार्यालयन नक्शालबाट ३६५ दिने बीमा सेवा सुरु गरिसकिएको  र कम्पनीले चालु आ.ब.को दोश्रो त्रैमासिकसम्म ३२१५५ बीमालेखबाट करिब रु.४३ कारोड बीमा शुल्क आर्जन गरी रु.४ करोड ८२ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको बताए ।