काठमाण्डौ । दिगोले अग्रणी कलाकार मदनकृष्ण श्रेष्ठलाई आफ्नो ब्रान्ड दूत (ब्रान्ड अम्बासडर) घोषणा गरेको छ । अब श्रेष्ठ दिगो ब्रान्डका सबै रेन्जका विद्युतीय गाडीको ब्रान्ड दूतको भूमिकामा रहनेछन् ।

अग्रणी एवं जीवन्त कलाकार श्रेष्ठले दिगो ब्रान्ड तथा यसको मूल्य एवं मान्यतालाई सशक्त प्रतिनिधित्व गर्नेछन् ।

पहिलोपटक विद्युतीय सवारी साधनको ब्रान्डलाई अनुमोदन गर्दै प्रेरणादायी व्यक्तित्व श्रेष्ठले भने, ‘हामीले यातायातको स्वरुप गम्भीरतापूर्वक मनन गर्न थालेको यो महत्वपूर्ण समय हो । इ–मोबिलिटीको आर्थिक र वातावरणीय फाइदा निकै ठूलो छ । हामीले विद्युतीय सवारी साधनलाई प्रवद्र्धन गर्दै वातावरणीय हिसाबले दिगो नेपालको मार्ग प्रशस्त गर्न सक्छौं । हामीले हाम्रो भविष्यलाई त्यसतर्फ लैजाने प्रतिबद्धता जनाउन सक्यौं भने मात्र शून्य उत्सर्जन र शून्य व्यवधानको भविष्य सम्भव छ । चीर स्थायी विकास र नेपालीको सुस्वास्थ्यसँग मेल खाने अवधारणा बोकेको दिगोसँग साझेदारी गर्न पाउँदा म प्रशन्न छु ।’

श्रेष्ठसँगको सहकार्य घोषणा गर्दै दिगोका सिइओ हेमन्त पुरानिकले भने, ‘मदनकृष्ण श्रेष्ठसँग सहकार्य गर्न पाउँदा हामी धेरै उत्साहित छौं । वहाँ दृढ विश्वासी क्षमतावान तथा हरेक नेपालीका लागि आदर्श छन् । वहाँलाई पर्दामा हेर्नु जादु जस्तै लाग्छ । उहाँ भरोसायोग्य, विश्वासिलो, अग्रणी, सरल र आत्मविश्वासले भरिएको व्यक्तित्व हुनुहुन्छ, जुन यो सहकार्यको भित्री अभिप्राय हो । हामी नेपालका सबै सहरहरुमा आफ्नो पदचाप विस्तार गर्ने तयारीमा रहेको सन्दर्भमा सबै नेपालीलाई अपिल गर्न सक्ने मदनजीको विशिष्ट दक्षताले उहाँलाई हाम्रो ब्रान्ड प्रस्तुत गर्ने आदर्श व्यक्ति बनाएको छ । हामी दुवै पृथक काम गर्नु चुनौतीपूर्ण भए पनि त्यो सम्भव छ भन्ने कुरामा विश्वास गर्छौं । दिगो परिवारमा उहाँलाई स्वागत गर्न पाउँदा हामी खुसी छौं ।’

पथप्रवर्तक योगदानका साथ नेपाली प्यासेन्जर भेहिकल उद्योगको क्रमभंग गर्न तयार रहेकोले दिगो आफ्नो क्रमिक विकासको महत्वपूर्ण चरणमा छ । आक्रामक तथा नविन बजार रणनीतिका साथ यी प्रस्तावहरु उपभोक्तामाझ पेस गर्नु पनि यस कम्पनीको लागि उत्तिकै महत्वपूर्ण विषय हो । ‘सफलताका लागि विश्वास’को मान्यता बोक्ने दिगो र मदनकृष्ण श्रेष्ठका थुप्रै विशेषताहरु मिल्छन् । यो सहकार्यका साथ दिगोले नेपाली दर्शकलाई जोड्ने उत्साहपूर्ण यात्रा सुरु गरेको छ ।

यो साझेदारी सुरु गर्नका लागि मदनकृष्ण श्रेष्ठसँग मिलेर शून्य उत्सर्जनको लक्ष्यलाई प्रवद्र्धन गर्ने दिगो विद्युतीय सवारी साधनको अभियान सञ्चालन गर्न पाउँदा दिगो निकै उत्साहित भएको जनाएको छ ।

दिगो नेपालको मोबिलिटी क्षेत्रलाई रुपान्तरण गर्ने भिजन बोकेको नयाँ ऊर्जा कम्पनी हो । यो कम्पनी यात्रा गर्ने अझ बढी जिम्मेवार विधि छ भन्नेमा विश्वास गर्दछ र यसैलाई चीरस्थायी बनाउन प्रतिबद्ध छ । दिगो पर्यामैत्री यातायाततर्फको परिवर्तनमा उत्प्रेरकको भूमिका खैल्दै अन्ततः वातावरणीय रुपमा दिगो नेपालको मार्ग प्रशस्त गर्ने काममा उत्प्रेरक बन्न चाहन्छ ।