काठमाण्डौ । सेयर बजारमा सधैजसो नाटकीय माहोलको सिर्जना भइरहेको हुुन्छ । चाहे त्यो व्यापक अस्थिरता होस् या त बलिया कम्पनीले जनतासामुु आइपीओ ल्याउने कुुरा होस् । यस्ता विषयले लगानीकर्ता र आम मानिसलाई रोमाञ्चक बनाइरहेको हुुन्छ ।  

वर्षौदेखि सेयर बजारको ग्ल्यामरले लगानीकर्ता र आम मानिसलाई आफ्नोतर्फ आर्कषित गरिरहेको छ । यस्तोमा विश्वको सबैभन्दा ठूलो चलचित्र उद्योग हलिउड पनि पछाडि छैन । 

हलिउडका निर्माताहरु पनि सेयर बजारको चमकधमकलाई पर्दामा उतार्न लालायित छन् । उनीहरुले सेयरबजारसँग सम्बन्धित धेरै चलचित्रहरु निर्माण गरेका छन् । हलिउडमा सेयर बजारसँग जोडिएका यस्ता दर्जनौ चलचित्रहरु छन् । 

यीमध्ये केही चलचित्रले त अकाडेमिक अवार्ड समेत जितेका छन् । उदाहरणका लागि “द बिग सर्ट” र “सुुपर क्यापिटालिस्ट” नामक चलचित्रलाई लिन सकिन्छ । अहिले सारा विश्व लकडाउन रहेका बेला यदि तपाई पनि घरमै बसिरहनुु भएको छ र फुर्सदिलो हुुनुुहुुन्छ र यदि तपाइ सेयर बजारको विषयमा अभिरुचि राख्नुुहुुन्छ भने तपाइका लागि यस्ता केही चलचित्रहरु छन्, जुुन तपाइका लागि समय कटाउन र ज्ञान बढाउने उपयुुक्त माध्यम बन्न सक्छ । आउनुुस जानी राखौं सेयर बजारसँग सम्बन्धित केही शीर्ष चलचित्रहरुको बारेमा ः

१. “द बिग सर्ट” The Big Short


यो चलचित्र सन् २००८ मा देखिएको आर्थिक संकटसंग सम्बन्धित छ । यो चलचित्रले चारवटा लगानीकर्ताको समूहको कथा बोकेको छ, जसले रियल स्टेटमा दाउ लगाएर नाफा कमाउने सम्भावना देखेको हुुन्छ । यो चलचित्र आर्थिक पत्रकार माइकल लिवाइसले लेखेको पुुस्तक “द बिग सर्टः इन्साइड द डुुम्स डे मेसिन” मा आधारित छ । 

२. “वाल स्ट्रिट” Wall Street


यो चलचित्रमा एउटा स्टक ब्रोकर चार्ली सिनले उनका मेन्टर माइकल डग्लसलाई कम्पनीको भित्री जानकारी प्रदान गरेर उनलाई इन्साइडर जानकारी दिने लोभ देखाउँछन् । चार्लीको यो स्किमले अन्ततः स्टक ब्रोकरका बुुवा मार्टिन सिनको इमानदारितालाई चुुनौति दिन्छ । यो चलचित्रको सिक्वेल पनि बनेको छ । जसको नाम “वाल स्ट्रिटः मनि नेभर स्लिप्स्” हो । यो चलचित्र सन् २०१० मा रिलिज भएको थियो । जसले गोर्डन गेक्को कोपात्र माइकल डग्लसक पुुुनर्जिवित पारेको थियो । गेक्को को चर्चित भनाई “ग्रीड इज गुुड” अहिले पनि चर्चित छ।

३. “द वुल्फ अफ वाल स्ट्रिट” The Wolf Of Wall Street


यदि तपाई पूर्व स्टक ब्रोकर जोर्डन बेलफोर्टको जीवन (लीयोनार्दाे डिक्यार्पिकाले निभाएको पात्र)सँग परिचित हुुनुुहुुन्न भने यो चलचित्रले तपाइको त्यो कमीलाई पूरा गर्नेछ । यो चलचित्रले बेलफोर्टलाई पछ्याएको छ, जसले लगानीकर्तालाई कमजोर कम्पनीका सस्ता सेयर बेचेर आफ्नो भाग्य चम्काएका थिए । चलचित्रमा उनलाई एफबिआई र एसईसिलाई पछ्याइरहेको हुुन्छ । यो चलचित्रले तपाइको मगज हल्लाइदिनेछ । 

४.“इक्वीटी” Equity


यो चलचित्रले नाओमि बिस्अप भन्ने पात्रको चित्रण गरेको छ, जो एक इन्भेष्टमेन्ट ब्याङ्कर हुन्छिन् र उनले एउटा ठूलो टेक कम्पनीको आइपिओ निकाल्ने जिम्मेवारी पाएकी हुन्छिन् । तर यस क्रममा उनी आफ्नो ब्वाइफ्रेन्डसँग इन्साइडर ट्रेडिङमा फस्छिन् । यो चलचित्रले तपाइलाई इन्भेस्टमेन्ट बैंकिङ र आइपिओको बारेमा गहिरोसँग जानकारी दिने काम गर्दछ । यसका साथै यस चलचित्रले धोकाको बारेमा पनि राम्ररी चित्रण गरेको छ । 

 

५. “बोइलर रुम” Boiler Room


यो चलचित्र बिचैमा कलेज छाडेको एक विद्यार्थीमा आधारित छ । जुुन पात्रलाई कलाकार जियोभान्नी रिबीसीले निभाएका छन् । कलेज छोडेको उक्त पात्रले धोका गरेर एउटा कुुख्यात कम्पनीका लागि बन्द र नक्कली कम्पनीको सेयर बेच्ने गर्दछ । यो चलचित्रमा भिन डिजेललाई पनि पदार्पण गरिएको छ । उनी फस्ट एण्ड फ्युुरियसमा खेल्नुुभन्दा अगाडिको फिल्म हो यो । 

६. “बारबारियन्स एट द गेट” Barbarians at the Gate


नाम जस्तै यो चलचित्रमा कुुनै पनि बारबाररियनलाई पर्दामा प्रस्तुुत गरिएको छैन । यसमा त पूर्व आरजेआर नाबिस्कोका सिइओ एफ रोस जोनसनको सत्य घटनालाई देखाइएको छ । जसले “लिभरेज्ड बाइआउट” का माध्यमबाट नाबिस्कोलाई खरीद गर्न प्रयास गरेको हुुन्छ । संक्षेपमा, जोनसनले कम्पनीका सयौं कर्मचारीको खर्चबाट आफूलाई धनी बनाउन कम्पनीलाई अधिग्रहण गर्ने सोच बनाएको हुुन्छ । यसको अन्त्य कसरी हुुन्छ ? त्यसका लागि तपाइले यो चलचित्र हेर्नुुपर्ने हुुन्छ । 

७. “रग ट्रेडर” Rogue Trader


यो चलचित्र निक लिसन नामको एक डेरीभेटिभ ब्रोकरको सत्यकथामा आधारित छ । जुुन पात्रलाई इवन मेगग्रेगरले निभाएका छन् । ब्रोकरले सन् १९९५ मा बेलायतको २३३ वर्ष पुुरानो बेरिङ बैंकलाई टाट पल्टाइदिएका थिए । चलचित्रमा यसै घटनालाई प्रस्तुुत गरिएको छ । लिसनलाई उनको खराब व्यापारिक बानीव्यहोरा र गलत कारोबारका कारण सिंगापुुरमा जेल चलान गरिएको थियो । यदि तपाई “ह्वाइट कलर” न्यायमा विश्वास गर्नुु हुुन्छ भने यो चलचित्र तपाइका लािग हेर्न योग्य हुुनेछ । 

८. “मार्जिन कल” Margin Call


यो चलचित्र पनि सन् २००८ को आर्थिक संकटसँग सम्बन्धित छ । यो चलचित्रले कम्पनीका ती प्रमुुख खेलाडीको कथा प्रस्तुुत गरेको छ, जसले आफूहरुको कारण कम्पनी टाट पल्टन लागेको थाहा पाउँछन् । उनीहरुले धितोपत्र खरीद गर्दा राखेको धितोमा बदमासी गरेका हुुन्छन् । यो घटनापछि उनीहरु कठिन उपायहरुबाट नोक्सानको भरपाई गर्न बाध्य हुुन्छन् । तर यहाँ हामी तपाइलाई यो संकटपछि कम्पनीमा के भयो भनेर भन्दैनौ । यसका लागि तपाइले चलचित्र हेर्नुु पर्नेछ । 

९. “टू बिग टू फेलToo Big to Fail  


यो चलचित्रले पनि सन् २००८ को आर्थिक संकटलाई पर्दामा उतारेको छ । यो फिल्म विशेष गरेर इन्भेष्टमेन्ट बैंक बियर स्र्टनस्को बेलआउटमा, प्रतिस्पर्धी लेम्यानका  भाइहरुको निधन र कसरी “मोटेज ब्याक्ड सेक्युुरिटिज”ले वाल स्ट्रिटबाट मेन स्ट्रिटमा संकट फैलाउँछ भन्ने विषयमा केन्द्रीत छ । यसका साथ यसमा अमेरिकाको केन्द्रीय बैंक फेडेरल रिजर्भले आफ्ना मेकानिजम र नीतिहरुबाट कसरी वित्तीय बजारलाई स्थिर राख्यो भनेर देखाइएको छ । 

१०. “अदर पिपुल्स मनि ” Other People's Money

यो चलचित्र कर्पाेरेट रेडर “ल्यारी द लिक्युुडेटर” (ड्यानी डेभिटो) को कथामा आधारित छ । जसले एउटा केवल कम्पनीलाई हस्टाइल टेकओभर गर्ने निधो गर्दछ । जुुन ८० र ९० को दशकमा कम्पनी अधिग्रहण गर्ने एउटा चर्चित नीति थियो ।