काठमाण्डौ । भारतको राजधानी दिल्लीमा जारी लकडाउन एक साताका लागि लम्बाइएको छ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आज एक पत्रकार सम्मेलन गरी लकडाउन मे ३१ सम्मका लागि बढाउने निर्णय गरिएको जानकारी गराएका हुन्। पछिल्लोपटक गत मे १६ बाट दिल्लीमा लकडाउन एक साताका लाथि थप गरिएको थियो। 

कोरोना संक्रमणलाई मध्यनजर गर्दै लकडाउन थप एक साता लम्बाउनुपरेको मुख्यमन्त्री केजरीवालले बताए।

यसैबी मुख्यमन्त्री केजरीवालले कोरोना संक्रमणबाट ज्यान गुमाउने डाक्टरको परिवारलाई १ करोड भारु राहात रकम उपलब्ध गराइने घोषणा गरेका छन्। ‘संक्रमितको उपचारमा संलग्न जो डाक्टरको कोरोनाबाट निधन हुनेछ, तिनको परिवारलाई राहातस्वरुप १ करोड रुपैयाँ दिनेछ’, उनले भने। – एजेन्सी