काठमाण्डौ । दिव्यश्वरी हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले ७६ लाख ८६ हजार रुपैयाँ घाटा व्यहोरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले १५ लाख ५६ हजार रुपैयाँ घाटा व्यहोरेको थियो।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी ३.१४ प्रतिशतले घटेर ५ करोड २३ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा यस्तो आम्दानी ५ करोड ४ लाख रुपैयाँमा सीमित थियो।
चुक्तापुँजी २६ करोड ४० लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भ २३ करोड ५ लाख रुपैयाँले ऋणात्मक रहेको छ। गत वर्ष पनि यही अवधिमा रिजर्भ २० करोड ६९ लाख रुपैयाँले ऋणात्मक थियो।
कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) २.९१ रुपैयाँले ऋणात्मक रहेको छ। गत वर्ष पनि यही अवधिमा ईपीएस ०.५९ रुपैयाँले ऋणात्मक थियो। कम्पनीको प्रतिसेयर नेटवर्थ १२.६९ रुपैयाँ रहेको छ।
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago