काठमाण्डौ । विद्युतीय सवारी ब्रान्ड दीगोले ‘दीगो ई८’ विद्युतीय ह्याचब्याक कारको मूल्य घटाएको छ।

विद्युतीय सवारीसाधनको आयातमा लाग्ने महसुल र अन्तःशुल्क घटेसँगै कम्पनीले आफूसँग स्टकमा रहेका कारको मूल्य परिमार्जन गरेको छ। सरकारले गरेको यस सकारात्मक कदमको सरहानास्वरूप स्टकमा रहेको गाडीको समेत मूल्य परिमार्जन गरिएको दीगो ई८ कार खरिदकर्तालाई तत्कालै डेलिभरी गर्न सकिने कम्पनीले जनाएको छ। नयाँ मूल्य रु. २१ लाख ९४ हजार ५०० तोकिएको कम्पनीले जनाएको छ।

नयाँ बजेटमा विद्युतीय सवारीसाधानको भन्सार महसुल र अन्तःशुल्क घटाउने घोषणा भएसँगै मानिसहरु दीगो ई८ को नयाँ मूल्य सार्वजनिक हुने प्रतीक्षामा छन्। दीगो ई८ यस सेग्मेन्टको ज्यादै लोकप्रिय कार हो। यसकारण परिमार्जित मूल्यमा सो गाडी उपलब्ध हुने खबर विद्युतीय कार खरिद गर्ने सोच बनाइरहेका ग्राहकका लागि निकै नै सकारात्मक रहनेछ।

दीगो ई८ को पहिलो लट बिक्री भएपछि कम्पनीले बजेटअघि नै दोस्रो लट आयात गरेको थियो। सरकारले विद्युतीय सवारीसाधनमा लाग्ने कर कटौती गरेपछि कम्पनीले आफूसँग स्टकमा रहेका गाडीहरु मूल्य घटाएर बिक्री गर्ने निर्णय लिएको हो। 

वातावरण, अर्थतन्त्र र ऊर्जा निर्भरताको सन्दर्भमा विद्युतीय सवारी साधनको लाभ निकै बढी छ। ‘दीगो विद्युतीय सवारीसाधनहरु सुलभ मूल्यमा उपलब्ध गराउन प्रतिबद्ध छ ता कि हरेकले विद्युतीय सवारी साधनका लाभ लिन सकून् र हाम्रो मुलुकमा यस्ता सवारी साधनको प्रभाव यथासम्भव चाँडो अनुभूत गर्न सकियोस्’, कम्पनीले भनेको छ, ‘त्यसैकारण गत वर्ष यी विद्युतीय वाहनको आयातमा लाग्ने कर र महसुलहरु उल्लेख्य मात्रामा बढे पनि दीगो ई८ को मूल्य उच्च नराखिएको हो।’

अहिले दीगो ग्रुपले स्टकमा रहेका सवारीसाधनहरु घटाइएको मूल्यमा बिक्री गर्ने घोषणा गरेको हो। यस कम्पनी मुलुकलाई हरतरहले विद्युतीय सवारीसाधनको लाभ दिलाउन अहिले पनि प्रतिबद्ध छ र भविष्यमा पनि रहनेछ।

दीगो ई८ बारे

दीगो ई८ तत्कालै मानिसको ध्यान खिच्न सक्ने ताजा डिजाइनको आधुनिक कार हो। यो आधुनिक डिजाइन र उच्चतम प्रविधिको समिश्रण हो। जसले कार्बन उत्सर्जन कटौतीमा योगदान गर्छ। यो कारमा १५.२ किलोवाट आवरको लिथिअम ब्याट्री जडित छ। यसको मोटर क्षमता १५ किलोवाट छ। एकपटकको चार्जले सामान्य सञ्चालन अवस्थामा यो कार १५० किलोमिटरसम्म (एनइडिसी २०० किलोमिटर) कुद्छ।

यो कारलाई घरको सामान्य चार्जिङ प्लग जोडेर पाँच घन्टामा पूर्ण रुपमा सजिलै चार्ज गर्न सकिन्छ। दीगो ई८ को प्रतिकिलोमिटर बिजुली खर्च सामान्य सञ्चालन अवस्थामा १ रुपैयाँ १० पैसामात्रै पर्छ।