काठमाण्डौ । दशैं सकेर तिहारअघि नयाँ कार खरीद गर्ने योजना बनाइरहनुुभएको छ भने तपाईका लागि खुशीको खबर । निकै छोटो–छोटो अवधिमा नयाँ–नयाँ सेग्मेन्ट बजारमा उतारिरहेका केही कम्पनीहरुले दीपावलीको पूर्वसन्ध्यामा केही धमाकेदार मोडलका कारहरु बजारमा उतार्दैछन् । दीपावलीअघि कार किन्न चाहनेहरुलाई ध्यानमा राखेर बहुप्रतिष्ठित अटोमोवाइल कम्पनीहरुले कारको नयाँ मोडल बजारमा उतार्न लागेको हुन् । तिहारअघि रेनो, स्कोडा, फोर्ड, फाक्सवेगन तथा ल्याण्डरोभरका नयाँ मोडल बजारमा आउँदैछन् । 

स्कोडाको Kodiag
स्कोडाले आफ्नो विल्कुन नयाँ मोडल कोडियाग एसयूूभी आगामी अक्टोबर ४ मा भारतमा लञ्च गर्नेछ, त्यसलगत्तै यो कार तिहारअघि नेपाली बजारमा समेत आउँदैछ । स्कोडाले पेश गर्न लागेको यो कार पहिलो ७ सिटे एसयूूवी कार हो । यो मोडलको सिधा टक्कर फोर्डको एण्डेभर, टोयोटाको फच्र्यूूनर र आफ्नै ग्रुपको फक्सवेगन टिगुुआनसँग हुनेछ । स्कोडाको यो मोडल पेट्रोल र डिजेल दुवै इञ्जिनमा उपलब्ध हुनेछ । 

रेनोको Captur


रेनो इण्डियाले पनि पछिल्लो समय एसयूूवीको बढ्दो माग र बजारलाई ध्यानमा दिंदै नयाँ मोडल लञ्च गर्दैछ । उसका अनुसार रेनोको क्याप्चुर विश्वभरकै एक सफल प्रिमियम एसयूूभी हो र यसलाई आकर्षक डिजाइन, प्रिमियम तथा क्लास फिचर्सका लागि बढी चिनिन्छ । यो कारलाई समेत दिपावलीको आसपास नै लञ्च गर्ने तयारी गरिएको छ । 

फक्सवेगनको पसाट


फक्सवेगनले २०१३ मा पसाटको उत्पादन बन्द गरेको थियो । तर, कम्पनीले यसलाई नयाँ डिजाइन तथा लुक्समा बजारमा उतार्न लागेको छ । यो मोडल १० अक्टोबरभन्दा अगाडि नै भारतमा लञ्च भई त्यसको केही दिनमै नेपालमा समेत उपलब्ध हुनेछ । नयाँ पसाट फक्सवेगनको एमक्यूूवी प्लेटफर्ममा सबैभन्दा उत्कृष्ट कार हो र यसलाई २ लिटर टिडीआई इञ्जिनको साथमा पेश गर्न लागिएको छ । यो इञ्जिनले १७७ एचपी शक्ति उत्पादन गर्ने क्षमता राख्छ र यसमा ६ वटा स्पीड डिएसजी ट्रान्समिसन रहेको छ । यति मात्र होइन, यो कारमा ९ वटा एयरबक्स पनि छ । यो कारको मूल्य भारतीय बजारमै ३५ लाखसम्म पर्नसक्छ । 

न्यू ल्याण्डरोभर डिस्कभरी


ब्रिटेनको कार कम्पनी ल्याण्डरोभरले समेत आफ्नो बिल्कुल नयाँ डिजाइन तथा मोडल न्यू डिस्कभरीलाई अक्टोबरमै लञ्च गर्न गइरहेको छ । यो कार २८ अक्टोबरमा लञ्च भई त्यसको केही दिनमा नेपाली बजारमा समेत ल्याइनेछ । यसअघि सन् २०१७ मा कम्पनीले भारतमा यो कारको मूल्य ६८ लाख पर्ने घोषणा गरे पनि यसको डिमाण्ड बढेपछि मूल्य अझ केही बढेको छ । नेपालका धनाढ्यहरुका लागि यो कार राम्रो विकल्प तथा रोजाई बन्नसक्छ । नोभेम्बरदेखि यो कारको डेलिभरी सुरु हुने बताइएको छ । 

फोर्ड इकोस्पोर्ट(फेसलिफ्ट)


फोर्डले आफ्नो इकोस्पोर्ट(फेसलिफ्ट) भर्जनलाई यसअघि फ्रेन्कफर्ट सोरुममा प्रदर्शन गरिसकेको छ । यो कार पहिलो सबकम्प्याक्ट एसयूूवी कार हो । यसको फेसलिफ्ट भर्जनलाई समेत अक्टोबरमै लञ्च गरिनेछ । नयाँ इकोस्पोर्ट कारको बाहिरी तथा भित्री डिजाइन निकै ठूलो परिवर्तन तथा परिमार्जन गरिएको छ । यसलाई पहिलाभन्दा शक्तिशाली डिजेल इञ्जिनको साथमा पेश गरिनेछ ।