काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई कम्पनीका १ करोड ७ लाख ५० हजार बढी कित्ता सेयर सोमबार सूचीकृत भएको छ। 

नेप्सेमा गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडको कुल १ करोड ७ लाख ५८ हजार २०१ कित्ता सेयर सूचीकृत भएको हो। 

गुराँस लाइफ इन्स्योरेन्सको १०० प्रतिशत हकप्रद सूचीकृत भएको हो। यो कम्पनीको मात्रै ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद सूचीकृत भएको छ। 

यसैगरी तिनाउ मिसन डेभलपमेन्ट बैंकको १२ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो। जुन १३ लाख ७३ हजार १.७५ कित्ता रहेको छ।