काठमाण्डौ । एनआईसी एसिया बैंक लिमिटेडको दुई कम्पनीमा रहेका आफ्नो स्वामित्वमा संस्थापक समूहको सेयर आजबाट लिलामीमा राखेको छ।

बैंकले सिटिजन इन्भेस्टमेन्ट ट्रस्ट (सीआईटी) र नेसनल लाइफ इन्स्योरेन्स कम्पनीमा रहेका आफ्नो स्वामित्वका संस्थापक समूहको कुल ३ लाख २८ हजार २८६ कित्ता सेयर लिलामीमा राखेको हो। लिलामीमा राखिएको सेयरमा सीआईटीको २ लाख २ हजार ५६० कित्ता र नेसन लाइफ इन्स्योरेन्सको १ लाख २५ हजार ७२६ कित्ता रहेका छन्।

लिलामीमा राखिएका सेयरमध्ये सीटीआईटीको न्यूनतम मूल्य प्रतिकित्ता २ हजार ३६२ रुपैयाँ र नेसनल लाइफ इन्स्योरेन्सको प्रतिकित्ता ५०५ रुपैयाँ तोकिएको छ। लगानीकर्ताहरुले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। 

लिलामीमा सेयर योग्य लगानीकर्ताहरुले बोलपत्र पेस गर्न सक्नेछन्। बोलपत्र पत्र पेस गर्दा न्यूनतम १०० कित्ता वा सोभन्दा माथि १० ले भाग जाने गरी अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।
लगानीकर्ताले बोलपत्र काठमाण्डौको बबरमहलस्थित एनआईसी एसिया क्यापिटल लिमिटेड वा काठमाण्डौको थापाथलीस्थित एनआईसी एसिया बैंकको कर्पोरेट कार्यालय अनि शाखा कार्यालयहरु विराटनगर, वीरगन्ज, पोखरा महेन्द्रपुल, बुटवल, धनगढी र सुर्खेतमा पेस गर्न सक्नेछन्।

बोलपत्र पेस गर्ने अन्तिम मिति पुस १ गते बैंकिङ समयसम्म तोकिएको छ।