काठमाण्डौ । लाभांश पारित मुख्य अजेन्डासहित दुई वाणिज्य बैंकले आज पुस २४ गते वार्षिक साधारणसभा डोकेका छन्।

स्ट्यान्डर्ड चार्टर्ड र सनराइज बैंक लिमिटेडले आज वार्षिक साधारणभा आयोजना गर्न लागेका हुन्। स्ट्यान्र्डर्ड चार्टर्डले आफ्नो ३४ औँ वार्षिक साधारणसभा काठमाण्डौको नयाँबानेश्वरीसथत एभरेस्ट होटेलमा भर्चुल भिडियो कन्फ्रेन्स माध्यमबाट गर्नेछ।

सभाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको कुल ११.८४ प्रतिशत लाभांश पारित गर्नेछ। जसमा ७ प्रतिशत बोनस र ४.८४ प्रतिशत नगद रहेका छन्।

यसैगरी सनराइज बैंकले पनि आफ्नो १३ औँ वार्षिक साधारणभा आज काठमाण्डौको बालुवाटारस्थित आम्रपाली बैंक्वेटमा आयोजना गर्नेछ। सभाले गत वर्षका लागि प्रस्ताव गरेको कुल ८.२८ प्रतिशत लाभांश पारित गर्नेछ। प्रस्तावित लाभांशमा ५.८० प्रतिशत हुने बोनस सेयर र २.४८ प्रतिशतले हुने नगद लाभांश रहेका छन्।

सभाले अन्य उपयुक्त बैंक वा वित्तीय संस्थाहरु एकआपसमा गाभ्ने गाभिने वा प्राप्ति गर्ने गराउन वा उपयुक्त देखिएको अवस्थामा वैदेशिक रणनीतिक साझेदारीमा जानका लागि चलअचल सम्पत्ति तथा दायित्व र कारोबारको मूल्यांकन गर्न तथा गाभ्ने वा गाभिने तथा प्राप्ति गर्नेसम्बनधी प्रारम्भिक तथा अन्तिम सम्झौता गर्न र सो प्रक्रिया पूरा गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ।