काठमाण्डौ । दुई कम्पनीको ३५ हजार बढी कित्ता संस्थापक सेयर भोलि भदौ २९ गतेबाट लिलामीमार्फत बिक्री गरिने भएको छ।

ज्योति विकास बैंक र प्रभु इन्स्योरेन्सको ३५ हजार २८६ कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्री गरिन लागेको हो। जसमा ज्योति विकासको २९ हजार २५० कित्ता र प्रभु इन्स्योरेन्सको ६ हजार ३६ कित्ता रहेको छ। 

लिलामीमा राखिने ज्योति विकास बैंकको न्यूनतम मूल्य प्रतिकित्ता १४५ रुपैयाँ र प्रभु इन्स्योरेन्सको ३५० रुपैयाँ तोकिएको छ। बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। 

लिलामी सेयरमा विद्यमान संस्थापक सेयरधनी वा जोकाही व्यक्ति तथा संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन्। बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ। 

बोलपत्र काठमाण्डौको कमलादीस्थित मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालयमा पेस गर्नुपर्नेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति कात्तिक ३ गते बैंकिङ समयसम्म तोकिएको छ।