काठमाण्डौ । चालुु आर्थिक वर्षको दुुई महिनामा बैंक तथा वित्तीय संस्थाहरुले १६ खर्ब बढी स्थायी तरलता सुविधा (एसएलएफ) लिएका छन्। 

नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुुसार विभिन्न बैंक तथा वित्तीय संस्थाले दुुई महिनामा १६ खर्ब ५३ अर्ब ५० करोड ४५ लाख रुपैयाँ एसएलएफबापतको सुुविधा लिएका हुन्। भदौ मसान्त अर्थात आजमात्रै १० बैंक तथा वित्तीय संस्थाले ७ अर्ब ४३ करोड रुपैयाँ राष्ट्र बैंकबाट सापटी लिएका छन्। 

चालुु आर्थिक वर्षको पहिलो महिना साउनमा मात्रै बैंक तथा वित्तीय संस्थाहरुले ८ खर्ब १४ अर्ब ७० करोड ५५ लाख रुपैयाँ सापटी लिएका थिए भने भदौमा ८ खर्ब ३८ अर्ब ८९ करोड ९ लाख रुपैयाँ लिएका छन्। 

बैंकिङ प्रणालीमा तरलताको अभाव बढ्दै गएपछि बैंकहरुले राष्ट्र बैंकबाट सापटीमा रुपमा एसएलएफ सुुविधाको प्रयोग गर्दछन्। राष्ट्र बैैंकले बैंक तथा वित्तीय संस्थालाई ८.५० प्रतिशत ब्याजदरमा स्थायी तरलता सुविधा दिँदै आएका छन्।