काठमाण्डौ । सिटी एक्स्प्रेस मनी ट्रान्सफर र दुबईस्थित अलफर्दान एक्सचेन्जको संयुक्त सहकार्यमा आयोजना गरिएको ‘दशैं–तिहार बम्पर धमाका’ अन्तर्गत दिपकराम टमाटाले रु. २ लाख जित्न सफल भएका छन्। 

यस योजनाअन्तर्गत दुबईको अलफर्दान एक्सचेन्जबाट सिटी एक्सप्रेसमार्फत पैसा पठाउँदा दोस्रो विजेतास्वरूप टमाटाले रु. २ लाख जित्न सफल भएकाहुन्। यस योजनामा विजेता छनोट लक्की ड्रमार्फत गरिएको थियो। जसअन्तर्गत सिटी एक्सप्रेसबाट पैसा पठाएर ८ जनाले कलर टिभी, ४ जनाले माइक्रोवेभ ओभन, ४ जनाले ब्लेन्डर, ५ जनाले राइस कुकरलगायत ६ जनाले इलेक्ट्रिक केट्टलजस्ता घरेलु उपकरण जित्न सफल भएका छन्। 

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १४ वर्षदेखि संसारभरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ। आन्तरिक विप्रेषणअन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १० हजारभन्दा बढी भुक्तानी केन्द्रहरुमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिनेजस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ।