काठमाण्डौ । देशको अग्रणी मोबाईल सेवा प्रदायक एनसेलले आफ्नो ‘च्यानल लोयल्टि’ योजनाअन्तर्गत काठमाण्डौको मित्रनगर, नयाँबसपार्कमा रहेको लमजुङ कम्युनिकेशनका संचालक दिनेश दुरालाई मोटरसाइकल उपहार दिएको छ । 

लमजुङ कम्युनिकेशन एनसेलको सिम कार्ड, रिचार्ज कार्ड र अन्य प्रोडक्टहरु ग्राहकसम्म पुर्याउने १०,००० आधिकारिक रिटेलरहरुमध्ये एक हो ।  

एनसेलले सन् २०१४ मा रिटेलरहरुलाई आफ्नो सेवा तथा सुविधाहरुको प्रवद्र्धनका लागि प्रोत्साहन गर्ने हेतुले ‘च्यानल लोयल्टि’ योजना सुरु गरेको हो । रिटेलरहरुले उनीहरुले गरेको बिक्रीका आधारमा उपहार पाउँछन् । यो योजनाअन्तर्गत मोटरसाइकल उपहार पाउन योग्य हुने दुरा पहिलो रिटेलर हुन् । उनलाई एनसेलको  बागमति सेल्स टिमले एक कार्यक्रममाझ सो उपहार प्रदान गरेको थियो ।