काठमाण्डौ । लन्डनको टेक्नोलोजी कम्पनी जियोमिकले आफूले बनाउने रोबोटका लागि मानिसको अनुहार खोजिरहेको छ ।

कम्पनीले यसका लागि नेरु १ करोड ४७ लाख २० हजार दिन तयार छ । तर कम्पनीले यसका लागि एउटा सर्त पनि राखेको छ । अनुहार दयालु र सबैले मन पराउने हुनुपर्छ ।

व्यक्तिको छनोट भइसकेपछि कम्पनी अनुहारका लागि बकाइदा एग्रिमेन्ट गर्नेछ र ती व्यक्तिलाई रकम भुक्तानी गर्नेछ । कम्पनी यस्तो रोबोट बनाउन चाहन्छ जुन दुरुस्तै मानिसजस्तो देखिनेछ ।

कम्पनीका अनुसार रोबोटको नाम भर्चुअल फ्रेन्ड रहनेछ । यसको निर्माण अर्काे वर्षदेखि हुनेछ । कम्पनीले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘हामीलाई थाहा छ कि यो एउटा विल्कुलै नयाँ प्रयोग हुनेछ । जुन खासगरी अरूभन्दा अलग देखिने मानिसका लागि हो ।’

कुनै पनि व्यतिmका लागि आफ्नो अनुहारको एग्रिमेन्ट गर्नु एकदमै ठूलो फैसला हो । कम्पनीले व्यक्ति छनोट भइसकेपछि हुबहु त्यही अनुहार रोबोटमा उतार्नेछ । यसरी बनाएको रोबोट अरू आम रोबोटजस्तो विल्कुल देखिने छैन । उसको आफ्नै छुटै पहिचान हुनेछ।

रोबोटिक्स कम्पनी विगत ५ वर्षदेखि निरन्तर यसमा काम गरिरहेको छ । यसका साथै प्रोजेक्ट आइडिया लिक नहोस् भनेर विशेष सर्तकता पनि अपनाइरहेको छ ।

कम्पनीले यो पनि दाबी गरिरहेको छ कि आगामी चरणमा जसको अनुहार छानिनेछ ती व्यक्ति सम्पूर्ण विवरण पनि प्रस्तुत गरिनेछ । कम्पनीले यस्तो रोबोट बनाइरहँदा उता श्रम बजारमा भने जागिर खोसिने चिन्ताले पिरोलिरहेको छ । त्यसैले यो अन्वेषणलाई अहिले विषेश चासोका साथ हेरिँदैछ । –एजेन्सी