काठमाण्डौ । दुर्घटनामा परी असामयिक निधन भएका ग्राहकका परिवारलाई मेगा बैंक नेपाल लिमिटेडले बीमाबापत ७ लाख रुपैयाँ प्रदान गरेको छ।

मेगा बैंकमा ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट’ खोलेका हिमालय गुरुङका परिवारलाई मेगा बैंकले सोही खातामा भएको योजनाबमोजिम बीमाबापत ७ लाख रुपैयाँ हस्तारन्तरण गरेको हो। मेगा बैंक इटहरी शाखाका प्रबन्धक शिकन्दर थापाले स्वर्गीय ग्राहक हिमालयकी धर्मपत्नी ममिता गुरुङलाई बीमाबापतको रकम हस्तान्तरण गरे। संखुवासभा स्थायी घर भएका गुरुङको २०७७ मंसिर १ गते काठमाण्डौको बालाजुमा दुर्घटनामा निधन भएको थियो। 

न्यूनतम १ हजार रुपैयाँ मौज्दातमा खोल्न सकिने ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट’मा बैंकले हरेक खातावालाको ७ लाख रुपैयाँको दुर्घटना बीमा गरिदिएको छ। ग्राहक र तिनका परिवारलाई भइपरी आउने यस्ता घटनाबाट सहायता मिलोस् भनेर बैंकले ग्राहकलाई यो योजना ल्याएको बैंकका प्रमुख सूचना अधिकारीले जानकारी दिए।