डडेलधुरा । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहपालिका डडेलधुराको गन्यापधुरामा नेपाली कांग्रेसका उम्मेद्वा इन्द्रबहादुर कार्की गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् । 

कार्की ३ हजार ३८४ मतसहित गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस (वीपी)का उम्मेद्वार सुरेन्द्र मालीले १ हजार ६०४ मत प्राप्त गरे । मालीलाई नेकपा एमालेले सहयोग गरेको थियो । 

सो गाउँपालिकाको उपाध्यक्षमा पनि कांग्रेसकै उम्मेद्वारले जित हासिल गरेका छन् । ज्ञानुकुमारी सेठी ३ हजार १३ मतसहित गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका इन्द्र महराले एक हजार ७०३ मत पाएका छन् ।