काठमाण्डौ । देव विकास बैंक लिमिटेडले पीओएस मेसिनबाट कारोबार गर्दा कारोबार रकमको ३५ नगद फिर्ताको योजना ल्याएको छ क्यासलेस बैंकिङलाई प्रोत्साहन गर्ने हेतुले आफ्ना ग्राहकहरुलाई विभिन्न सुविधा समेत उपलब्ध गराएको छ । 

यस सुविधा अन्तर्गत पीओएस मेसिनबाट कारोबार गर्दा, आज देखि लागु हुने गरी कारोबार रकमको ३५ नगद फिर्ताको योजना ल्याएको छ । साथै नेपाल भरी कुनै पनि भिजा नेटवर्कको एटीएमबाट नगद निकाल्दा कुनै पनि शुल्क नलाग्ने ब्यवस्थालाई यथावत् राखी भारतमा समेत भिजा नेटवर्क एटीएमबाट नगद निकाल्दा कारोबार शुल्क बापत लाग्ने शुल्क रु.२५०मा आजैबाट लागू हुने गरी रु.१५० मात्र शुल्क लाग्ने ब्यवस्था गरिएको छ । 

मोबाइल बैंकिङ तथा देव ईबैंकिङबाट टपअप गर्दा कारोबार रकमको २५ नगद फिर्ताको योजना ल्याएको बैंकले जनाएको छ । साथै बचत खातामा निःशुल्क भिजा डेबिट कार्ड,मोबाइल बैंकिङ र ईबैंकिङ सुबिधा प्रदान गरिएको बैंकको भनाइ छ ।