काठमाण्डौ । देवः विकास बैंकको विशेष साधारणसभाले युनियन फाइनान्सलाई प्राप्ति तथा ४० प्रतिशत हकप्रद सेयर निश्कासनको प्रस्ताव पारित गरेको छ । 

बिहीबार काठमाण्डौमा सम्पन्न साधारणसभाले युनियन फाइनान्सलाई १०० बराबर ५० सेयर स्वाप रेसियोको आधारमा प्राप्तिको प्रस्ताव पारित गरेको हो । 

युनियन फाईनान्ससँगै साझा विकास बैंक र सहारा विकास बैंकलाई समेत प्राप्तिपछि कायम हुने चुक्तापूँजीको ४० प्रतिशत(१० बराबर ४ को अनुपात)का दरले हकप्रद सेयर निश्कासनको प्रस्ताव पनि पारित गरेको छ । 

यस्तै, प्रचलित बैक तथा वित्तिय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १४ बमोजिम यस बैंकको संचालक समितिको संचालक संख्या मिलान गर्न प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ 

साथै, यस बैकको आ.व २०७३/०७४ असार २७ गते सम्ममा बैकले रु.१० अर्ब १९ करोड निक्षेप संकलन गरी रु.९ अर्ब ४६ करोड कर्जा प्रवाह तथा आ.व २०७३/०७४ को अन्त्य सम्ममा रु.४६ करोड संचालन मुनाफा(कर तथा कर्मचारी वोनशअघि) आर्जन हुने जानकारी शेयरधनीहरुलाई गराइएको थियो 

साथै प्रस्तावित संस्थाहरु प्राप्तिपछि हकप्रद जारी हुने र त्यसपछि बैकको चुक्तपूँजी रु.२ अर्ब ५० करोड पुग्ने बताइएको छ ।