काठमाण्डौ । देवः विकास बैंकको साधारणसभाले वेस्टर्न डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्न स्वीकृतिका लागि पेश गरिएको प्रस्ताव पारित गरेको छ। 

बिहीबार सम्पन्न बैंकको १२ औं वार्षिक साधारणसभाबाट यस्तो प्रस्ताव पारित भएको हो । 

यसैगरी विशेष प्रस्ताव अन्तर्गत साधारणसभाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम आ.व. २०७४/७५ को वितरण गर्न योग्य नाफाबाट चुक्तापूँजीको ५.५० प्रतिशत अर्थात रु. १३,९३,५२,४१९.१४ बराबर बोनस शेयर प्रदान गर्ने प्रस्ताव पनि पारित भएको बैंकले जनाएको छ । 

साधारणसभाले देवः विकास बैंक लि.को संचालक समितिको वार्षिक प्रतिवेदन, वाहृय लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७४/७५ आषाढ मसान्तसम्मको वासलात तथा सोही मितिसम्मको नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायत आर्थिक विवरणहरुसमेत सर्वससम्मतिबाट पारित गरेको छ ।