काठमाण्डौ । देशकै अग्रणी मोबाईल सेवाप्रदायक एनसेलले देशका विभिन्न ५ शहरहरुमा एनसेल मेलाको आयोजना गर्ने भएको छ । 

कम्पनीले रि-ब्राण्डिङ्गपश्चात नजिकिँदै गरेको चाडपर्वको अवसर पारेर नारायणघाट, पोखरा, बुटवल, धरान र बिर्तामोडमा आफ्ना ग्राहक तथा शुभचिन्तकसँग खुसीयाली साट्न, शुभकामना आदानप्रदान गर्न र आफ्नो नयाँ ब्राण्ड स्थानीय स्तरमा चिनाउन एनसेल मेला आयोजना गर्न लागेको हो । 

मनोरञ्जनात्मक कार्यक्रमले भरिपूर्ण एनसेल मेला यही भाद्र ३० गते नारायणघाट(नारायणी किनार)मा आयोजना गरिने छ । यो मेला असोज १ गते पोखरा (प्रदर्शनी केन्द्र, नयाँबजार), असोज ३ गते बुटवल (सिद्घेश्वरी मैदान, दीपनगर) र असोज ६ गते धरान (पब्लिकहाई स्कुलमैदान)मा आयोजना हुनेछ । असोज ८ मा बिर्तामोड(सुगम पेट्रोल पम्पमैदान)मा आयोजना पश्चात मेलाको समापन हुने एनसेलले जनाएको छ । 

प्रत्येकशहरमा मेला बिहान ११ बजे शुरु हुनेछ र कन्सर्ट सहित साँझसम्म चल्नेछ ।  

चर्चित कलाकार तथा सांगीतिक समूहको प्रस्तुती, गेम स्टलहरु, किडस् जोन र फुड स्टलहरु मेलाका आकर्षण हुनेछ । यसदेखि बाहेक मेलामा आउने आगन्तुकहरुले एनसेलको सेवा तथा सुविधामा आकर्षक अफर पाउने छन् भने डेटा सेवा, थ्रिजीको गति र अन्य डिभाइसहरु एनसेलको विशेष हाईटेक जोनमा चलाएर टेष्ट गर्न सक्नेछन् ।  

चर्चित कलाकार तथा सांगीतिक समूहको प्रस्तुती, गेम स्टलहरु, किडस् जोन र फुड स्टलहरु मेलाका आकर्षण हुनेछ । यसदेखि बाहेक मेलामा आउने आगन्तुकहरुले एनसेलको सेवा तथा सुविधामा आकर्षक अफर पाउने छन् भने डेटा सेवा, थ्रिजीको गति र अन्य डिभाइसहरु एनसेलको विशेष हाईटेक जोनमा चलाएर टेष्ट गर्न सक्नेछन् ।  

मेलामा कलाकारहरु सुगम पोख्रेल, शिव परियार, सन्दिप क्षेत्री, मिलन अमात्य, लाउरे, रेमोन दास श्रेष्ठ, समृद्घि राई र एक्स व्याण्डको प्रस्तुती रहनेछ । 

त्यसैगरी, युभिएन्जल्स् र डिजे रुपेशले आफ्नो प्रस्तुतीबाट दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन् । 

मेलामा बालबालिका लगायत सबै उमेरका लागि विविध कार्यक्रमहरु समाबेश गरिएका छन् । बालबालिकाका लागि इन्फ्लेटेड क्यासल, मेरी गो राउण्ड र ट्रेन जस्ता विविध आकार्षणहरु रहने बताइएको छ । थुप्रै गेम स्टलहरुमा दर्शकले मनोरञ्जन लिनुका साथै विभिन्न गिफ्टहरु पाउन सक्नेछन् । 

गीत संगीत, गेमहरु र अन्य आर्कषण बाहेक, मेलामा नेपाली, ईण्डियन र चाईनिज परिकारका स्टलहरु पनि रहनेछन् । 

‘हाम्रा ग्राहकमाझ पुगी खुसीयाली साट्न र सबैसँग चाडपर्वको शुभकामना आदानप्रदान गर्न एनसेल मेला आयोजना गर्न लागिएको हो।’एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भन–‘विविध आकर्षक कार्यक्रमहरु समावेश गरिएको यो मेलामा आउने दर्शकले भरपुर मनोरञ्जन पाउने कुरामा हामी विश्वस्त छौ र सबैलाई आफ्ना परिवारजन, आफन्त र साथीभाईसंग रही खुसी साट्न थप उर्जा दिने विश्वास लिएका छौ ।’