काठमाण्डौ । पछिल्लो २४ घन्टामा देशभर थप ११ हजारजनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आज सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार २३ हजार ४०९ परीक्षणबाट ११ हजार ३५२ जनामा पुष्टि भएको हो।
यो अवधिमा १८ हजार ८७ वटा पिसीआर परीक्षणमा ९ हजार ५०२ जना र ५ हजार ३३१ एन्टिजेन परीक्षणमा १८५० गरी ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। जुन संक्रमणदर कुल परीक्षणको ५२.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घन्टामा काठमाण्डौ उपत्यकामा ६ हजार ३४३ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये काठमाण्डौमा ४ हजार ६६६ जनामा, ललितपुरमा १ हजार १९ र भक्तपुरमा ५७८ जनामा संक्रमण पुष्टि भएको छ।
5 minutes ago
30 minutes ago
37 minutes ago
45 minutes ago
53 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago